• बाहुनडाँगी । वीरता लेडी जेसीजको वर्ष २०१९ को अध्यक्षमा सरु भूर्तेल खनाल निर्वाचित भएकी छिन् । सोमवार शाखाको सचिवालयमा भएको १५ औँ अधिवेशनले भुर्तेललाई अध्यक्षमा सर्वसम्वत चयन गरेको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा विमला भट्टराई र लिला दंगाल, उपाध्यक्षहरुमा मञ्जु दाहाल, युनिता दवाडी, कल्पना दाहाल, दीपा अधिकारी, सह सचिवमा संगीता गिरी र जनसम्पर्क अधिकारीमा झुमा भट्टराई सर्वसम्वत निर्वाचित भएका निर्वाचन आयुक्त एवम् शाखाकी निवर्तमान अध्यक्ष नैनाकला भट्टराईले बताइन् । आयुक्त भट्टराईका अनुसार बाँकी पदहरुमा पदस्थापन कार्यक्रममा निर्वाचित अध्यक्षले मनोनित गरिने छ ।
    शाखा अध्यक्ष नम्रता रिजालको सभापतित्व तथा शाखाकी संस्थापक अध्यक्ष सारदा रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रेस युनियन झापाकी अध्यक्ष इन्दु पूर्वेली, वीरता जेसीजका पूर्व अध्यक्ष तथा नेपाल जेसीजका पूर्व उपाध्यक्ष प्रसान्त भण्डारी, नेपाल जेसीजका पूर्व कार्यकारीणी उपाध्यक्ष तथा वीरता जेसीजका पूर्व अध्यक्ष सिवकुमार अग्रवाल, वीरता जेसीजका पूर्व अध्यक्षहरु राजकुमार पोखरेल, राजेन्द्र चम्लगाई, युवराज दहाल, जितेन्द्र बस्नेत, वीरता जेसीजका वर्ष २०१८ का अध्यक्ष एकराज गिरी, अर्जुनधारा जेीजका अध्यक्ष अजयकुमार देव, वीरता लेडीका पूर्व अध्यक्ष देवी भण्डाररी, राधा सुब्बा, कञ्चना सिटौला, उर्मिला विमली, पार्वता खरेललगायतको सहभागिता रहेको थियो । अधिवेशन निर्देशकको रुपमा शाखाकी पूर्व अध्यक्ष रजनी बजगाई रहेकी थिइन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…