• बाहुनडाँगी । बुधबारे जेसीजको सातौं साधारण सभा मार्फत वर्ष २०१९ का लागि अध्यक्षमा हेमन्त बराल सर्वसम्मत निर्वाचित भएका छन् ।
    शाखाको कार्यकारिणी उपाध्यक्षमा अनिल वाग्ले र दीपेन सिटौला चयन भएका छन् । उपाध्यक्षहरुमा अर्जुन ढकाल, गजुहाङ योङहाङ, केशव खुलाल, सहसचिव गोकुल पौड्याल सर्वसम्वत निर्वाचित भएका छन् । यसैगरी नवनिर्वाचित अध्यक्ष बरालले महासचिवमा मुकेश भट्टराई, कोषाध्यक्षमा कृष्ण ढकाल, कानुनी सल्लाहकारमा चन्द्र कटुवाललाई मनोनित गरेका छन् । साधारण सभामा नै अध्यक्ष वरालले विभिन्न उपसमितिका संयोजक पनि चयन गरेका छन् ।

    बुधबारे जेसीज वर्ष २०१८ का अध्यक्ष प्रकाश भण्डारीको अध्यक्षता, अनिल वाग्लेको संयोजकत्वमा भएको साधारण सभामा झापा उद्योग वाणिज्य संघ बुद्धशान्तिका अध्यक्ष रुद्र चापागाईंको प्रमुख आतिथ्यता रहेको थियो ।

    कृष्ण ढकालले आस्था वाचन गरेको कार्यक्रममा वाग्लेले स्वागत मन्तव्य राखेका थिए भने प्रमुख अतिथि चापागाईं, संस्थापक अध्यक्ष प्रकाश शिवाकोटी, पूर्व अध्यक्ष सेमन्त पोखरेल, महिला सामुदायिक स्वास्थ्य सेवा केन्द्रका व्यवस्थापक जीवनकुमार खड्काले शुभकामना मन्तव्य राखेका थिए । महासचिव चन्द्र कटवालले संचालन गरेको कार्यक्रममा कोषाध्यक्षको प्रतिवेदन हेमन्त बरालले प्रस्तुत गरेका थिए ।

    कार्यक्रम बुधबारे वाणिज्य संघको कार्यालयमा सोमबार भएको थियो । सन् २०१२ मा विरता जेसीजले मातृत्व प्रदान गरी बुधबारे जेसीजको स्थापना भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…