• देबु बानियाँ
    बाहुनडाँगी, २४ । सकारात्मक विचार, परिवर्तनको आधार भन्ने मुल नाराका साथ यहि माघ ११ गते देखि १५ गतेसम्म पाँचौँ एसियन ग्रामिण पर्यटन महोत्सव–२०१९ हुने भएको छ ।
    एसियन ग्रामिण पर्यटन महोत्सव आयोजक रहेको ५ दिने महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रि स्तरका चर्चित कलाकार, स्थानीय स्तरका झाँकी तथा कलाकारहरुको प्रस्तुती रहने छ । महोत्सवमा पछिल्लो पुस्ताका चर्तित गायक निशान भट्टराई, चर्चित लोकगायक प्रकाश सपुत, गायिका प्रिती आले, सिक्किमकी चर्चित गायीका भूमिका सुब्बा, गायीका मिलन अमात्यको प्रस्तुती रहने महोत्सव आयोजकले बताएको छ । आयोजकका अनुसार १ सय ६० भन्दा बढीको आवाज निकालने हास्य ब्याङ्य कलाकार सुबोध गौतमको समेत प्रस्तुती रहेको छ । यसैगरी प्रतियोगिता सञ्चालनका लागि राजेश घतानी र सचिन सुुब्बा रहनेछन् । महोत्सवमा विभिन्न नृत्य प्रतियोगिता, गायन प्रतियोगिता, विभिन्न नाटक, तथा कार्यशाला गोष्टी समेत हुनेछन् ।
    पूर्वी नेपालको पर्यटन क्षेत्रको विकास र विस्तारका लागि आयोजित महोत्सवका लागि मेचीनगर नगरपालिक, नेपाल पर्यटन विकास बोर्ड, ग्रनि जेनेरेशन, बाहुनडाागी जेसीज, झापा ट्राभल्स संघ सहयोगी संस्थाका रुपमा रहेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…