• मेचीनगर । मेचीनगरका व्यवसायीहरुको छाता संगठन मेची उद्योग बाणिज्य संघको आगमी पुस २८ गते हुने निर्वाचनका लागि दलीय भिड्न्त हुने पक्का भएको छ ।
    व्यवसायीहरुको निर्वाचन भए पनि राजनितिक दलहरुले दलिय रुपमा उम्मेद्वार चयन तयार गरेर मनोनय गरेपछि राजनीतिक तरङ्गका साथ निर्वाचनको तयारी गरिएको छ । निर्वाचनका लागि नेपाली काँग्रेस र राप्रपाको लोकतान्त्रिक प्यानल र नेकपा र संघीय समाजबादी फोरमको संयुक्त व्यवसायी प्यानलबीच चुनावी प्रतिस्पर्धा हुने पक्का भएको छ ।
    लोकतान्त्रिक प्यानलबाट अध्यक्षमा पुनितकुमार वंशलले उम्मेद्वारी मनोनयन दर्ता गराएका छन् । वरिष्ठ उपाध्यक्षमा मोहन निरौला, उद्योग उपाध्यक्षमा किशोर क्षेत्री(कपिल), वाणिज्य उपाध्यक्षमा कल्याण खड्का, महिला उपाध्यक्षमा विना तामाङ र महासचिवमा ध्रुव कनालको उम्मेद्वारी परेको छ ।लोकतान्त्रीक प्यानलमा सदस्य पदका लागि भूमि पौडेल, सन्दिप ओली, ललितकुमार बोहोरा, झुनादेवी बानियाँ, रविचन्द्र नेपाल, उमानाथ सुवेदी(उमेश), राजुकुमार पोद्धार, शारदाकुमारी पराजुली, बिपेन्द्र लामा र हुमानाथ बरालले उम्मेद्वारी मनोनय गरेका छन् ।
    मंलगबार सम्पन्न उम्मेद्वार मनोनयनमा नेकपा, संघीय समाजबादी फोम र संघीय लिम्बुवानको गठबन्धनका व्यवसायी सहभागी संयुक्त व्यवसायी प्यानलको तर्फबाट अध्यक्षमा धुलाबारीका ऋषिराज तिम्सिनाले मनोनय गरेका छन् । वरिष्ठ उपाध्यक्षमा तेजु प्रसाईं, उद्योग उपाध्यक्षमा लक्षेन्द्र यादब, वाणिज्य उपाध्यक्ष गोपालप्रसाद गुप्ता, महिला उपाध्यक्षमा मिरा कार्की र महासचिवमा भूपाल ओलीले उम्मेद्वारी दर्ता गरेका छन् ।

    त्यस्तै, सदस्यहरुमा दिपेन्द्रराज पाण्डे, झलककुमार पौडेल(प्रकाश), कुलप्रसाद शिवाकोटी, वीरबहादुर गजमेर, बबिता पौडेल, ललित अग्रवाल, लीलाराज आङ्देम्बे, श्रीप्रसाद सिटौला, अञ्जु थापा र मानबहादुर गिरी(ध्रुव) को उम्मेद्वारी परेको छ ।
    सहमतिमा नेतृत्व चयनका लागि राजनितिक दलका स्थानीय नेतृत्वहरु बिच पटक पटक छलफल भए पनि पद बाँडफाँडमा सहमति नजुटेपछि दलगत रुपमा नै दुई प्यानलमा उम्मेद्वारी दर्ता गर्नु परेको स्थानीय नेताहरुले बताउँदै आएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…