•  

    नारायणपुर, २५ पुस

    बगर खेतीमा सफलता पाएपछि दाङको लमहीस्थित उद्यमशील बहुउद्देश्यीय सहकारीले च्याउको बीउ उत्पादन थालेको छ । व्यवस्थापक विश्वराज अधिकारीका अनुसार सहकारीकै लगानीमा उपकरण खरिद गरी च्याउको बीउ उत्पादन थालिएको हो । “वार्षिक २५ हजार पोका बीउ उत्पादन गरिरहेका छौँ,” उहाँले भन्नुभयो । “ क्षमताअनुसारको बीउ उत्पादन गर्न सकिएको छैन”, उहाँले भन्नुभयो । सहकारीले उत्पादन गरेको बीउ दाङसहित बाँके, बर्दिया, प्यूठान, बुटवललगायत जिल्लामा बिक्री भइरहेको छ । च्याउको बीउका लागि बजारको समस्या नरहेको सहकारीका अध्यक्ष दिलीपराज खनालले बताउनुभयो । सहकारीले च्याउखेतीमा ९६ किसानलाई समेटेर च्याउखेती कार्यक्रम सञ्चालन गरिरहेको छ । “बीउ बिक्रीबाट वार्षिक रु छ लाखसम्म आम्दानी भइरहेको छ,” उहाँले भन्नुभयो । सहकारीले च्याउखेती गर्न किसानलाई निःशुल्क प्राविधिक सहयोग र बीउ उपलब्ध गराउँदै आएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…