• काठमाडौं । शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले पुर्व राजा ज्ञानेन्द्र शाहलाई दरबार भित्र्याएर श्रीपेच लगाइदिने बताएका छन्।अध्यक्ष खड्काले जनताको शासनको नाममा हजारौं राजा भए पछि देशमा बिकृती भित्रिएको तर्क गर्दै राजाको विकल्प नभएको बताए।पुष २७ गते भब्यताका साथ पृथ्वी जयन्ती मनाउने बताउँदै राजा जनताको मनमा भएकाले ढिलो चाँडो राजसंस्था फर्कने उनले बताए। गणतन्त्रभन्दा सक्रिय राजतन्त्र एकदमै जनपक्षीय थियो, केही निश्चित नेताहरुको स्वार्थमा जनताहरु रनभुल्लमा परेर हिजोको दिनमा गल्ति गरेका हुन्।

    खड्काले भने,‘वर्तमान शासन सत्ता जनताको भावना विपरित चलेको छ, अब चेतिसकेका छन्, गणतन्त्रभन्दा सक्रिय राजतन्त्र जनपक्षीय हुन्छ, सरकारले राष्ट्र, राष्ट्रियता र धर्मलाई डलरमा बिक्री गरेको छ, नेपाली जनताहरुले आफ्नो धर्म, राष्ट्र र राष्ट्रियताबारे गम्भिर बन्नुपर्ने स्थिति आएको छ, यो बेलामा पनि जनताहरु जाग्न सकेनन् भने देश अब रहिरहन सक्दैन।’वर्तमान सरकार र सरकारका मन्त्रीहरुका क्रियाकलापहरुलाई जनताले अस्विकार गरेको दाबी गर्दै अध्यक्ष खड्काले भने,‘देशमा राजतन्त्र चाहिन्छ, अहिलेका नेताहरुभन्दा राजा कयौं गुणा ठीक रहेछन्, भन्ने जनताले महसुस गरिसकेका छन्।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…