• काठमाडौं। संघीय संसदको चुनावमा पराजय व्यहोरेपछि आरोप प्रत्यारोपमै लागेको कांग्रेसले आफ्नो आन्तरिक द्वन्दलाई केहि कम गरेपछि बल्ल छायाँ सरकार बनाउने गृहकार्य शुरु गरेको छ।

    प्रमुख प्रतिपक्षमा पुगे लगत्तै कांग्रेसका केहि नेताले छायाँ सरकारको अवधारणामा काम गर्नु पर्ने बताए पछि यस्तो तयारी थालिएको हो । अब कांग्रेसले एक साता भित्रै छायाँ सरकार गठन गर्ने तयारी गरेको छ।

    ओली सरकारको कामको निगरानी गर्न भन्दै कांग्रेसले सरकारमा अनुभव लिइसकेका नेतालाई छायाँ सरकारको मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको छ ।

    कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले कांग्रेसले एक साता भित्रै छायाँ सरकार बनाउने बताए । ‘एक साता भित्रै छायाँ सरकार गठन हुन्छ, अब सरकारका प्रत्येक कामको निगरानी छायाँ सरकारबाटै हुन्छ,’ उनले भने ।

    पहिले अनुभव लिइसकेका मन्त्रीहरुबाट छायाँ सरकारको संयोजक बनाइने समेत जनाए ।

    संसदीय अभ्यास भएको मुलुक वेलायतमा यस किसिमको छायाँ सरकारको व्यवस्था रहेको छ।

    कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा मंगलबार दलको बैठक समेत बसेको थियो ।

    यस्तै बुधबारको बैठकमा समेत प्रधानमन्त्रीले सांसदहरुको प्रश्नको जवाफ नदिए संसदमा आइतबारको जस्तै अवरोध गर्ने कांग्रेसले आन्तरिक तयारी रहेको छ ।

    ‘छायाँ सरकार भनेको सरकारकै चेक एन्ड व्यालेन्सका लागि प्रतिपक्षीले लिएको निर्णय हो’, एक केन्द्रीय सदस्यले भने,‘हामी बहुलवाद, बहुदलीय लोकतन्त्रको हत्या हुुन नदिनका लागि यस्तो निर्णयमा पुगेका हौं ।’

    छायाँ सरकारको नेतृत्व भने संसदीय दलका नेता तथा सभापति शेरबहादुर देउवाले गर्नेछन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…