• काठमाडौं । होली वाइन प्रकरणमा मुछिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्वपंक्ति त्यसबाट उम्कन सकेको छैन । नेपालमा कम्युनिष्टहरुले नै क्रिश्चियन धर्मलाई बढावा दिने गरेको आशंकालाई यसले थप मलजलसमेत गरेको छ ।

    त्यतिमात्र होइन नेकपा निकट परिवारका सदस्यसमेत क्रिश्चियन मुभमेन्टलाई सघाउँदै आएको देखिएको छ ।

    यसै कित्तामा हालै चीनमा सम्पन्न मिस वल्डमा आफ्नो राम्रो क्षमता देखाएर चर्चामा आएकी मिस नेपाल श्रृंखला खतिवडा पनि उभिएकी छिन् ।

    देशकी एक प्रतिनिधि सेलिब्रिटी धार्मिक आवरणमा प्रचारजन्य क्रियाकलापमा देखिएपछि उनको सामाजिक संजालमा आलोचना हुन थालेको छ ।

     

    श्रृंखला नेकपाका सांसद विरोध खतिवडाकी छोरी बाबुको पार्टीका नेताहरु झै धार्मिक आवरणमा क्रश्चियन मुभमेन्टको सहयोगीको रुपमा देखिएकी छिन्। उनले जाडो ढाक्ने बहानामा क्रिश्चियन धर्म झल्कने टोपी बाँडेर विवादलाई निम्तो दिएकी हुन् ।

    सामाजिक संजालमा मिस नेपालले धार्मिक प्रचार हुने खालका टोपी बाँड्न मिल्छ ? भन्दै प्रश्न गरिएको छ ।

    यदि यो सत्य हो भने उनी ‘मिस नेपाल या मिस क्रिश्चियन ?’ भनी आक्रोशसमेत पोखिएको छ ।

    डोनरले दिएर उनले टोपी बाँडेकी होलिन् । तर उनीमाथि प्रश्न भने तेर्सिएको छ । आर्किटेक्ट इन्जिनियर श्रृंखला बौद्धिक छिन् । उनले भोलिका दिनमा प्रधानमन्त्री हुने लक्ष्य छ पनि भनेकी छिन् ।

    तर यस्ता कुरामा ख्याल नगरी अगाडि बढ्ने हो भने उनको ख्यातिमा अहिलेदेखि नै धमिरा लाग्ने निश्चित छ । उनी सहयोग गर्न चाहन्छिन् । तर के पढेकी विद्धानलाई ‘बालबालिकाको जाडो क्रिश्चियनको टोपीले लैजान सक्दैन भन्ने थाहा छैन ?’ सामाजिक संजालमा सोधिएको छ। उनी सामाजिक कार्यकर्ता हुन् भने पक्कै पनि यसको जवाफ दिने छिन् भन्दै सामाजिक संजालमा प्रतिक्षा रहिरहने पनि बताइएको छ हाम्राकुरा डटकममा समाचार छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…