• कुमार खड्का  पौष २५,पथरी
    प्रदेश नम्वर १ को सरकारले पथरीशनिश्चरे मा बनाउने भनेको जातिय संग्राहलयको शुभारम्भ हुनु अगाडिनै विवादमा परेको छ ।
    प्रदेश १ नम्बर सरकारले चालु आर्थिक वर्षको वजेट भाषणमा पथरीशनिश्चरे—१० नम्बर वडामा पर्ने भुटानी शरणार्थी बसेको स्थलमा संग्राहलय बनाउने योजना सार्वजानिक गरेको थियो ।
    सोही कार्ययोजनाको पारितका लागि आज प्रदेशका समाजिक विकाश मन्त्रि जिवन घिमिरेको उपस्थितिमा नगरपालिका परिसरमा भएको भेलाले पूर्व संविधानसभा सदस्य चण्डीप्रसाद राईको संयोजकत्वमा १७ सदस्यीय कार्यदल समेत गठन गरेको गरेको छ ।
    जसमा मोरङबाट प्राध्यापक डाक्टर सोम प्रसाद खतिवडा, प्राध्यापक डाक्टर सनद बराल,टंक भण्डारी,गिता तिम्सिना, मोहन तुम्बापो, मनोज अधिकारी लगायत रहेका छन । कार्यदलले साँस्कृतिक ग्राम निर्माणको डि पि आर तयार गरि अवधारणा सहित प्रतिवेदन पेश गर्ने बताईएको छ ।
    नगर परिसरमा सो संग्राहलयको प्रारम्भिक विस्तृत सर्वे टोलीको गठन भए पश्चात नगर प्रमुख दिलिप राई र उपप्रमुख यमुना विष्टसहितको टोली सो क्षेत्रको अनुगमन गर्न जाने क्रममा स्थानीयबासीले विरोध जनाएका हुन् ।
    निरिक्षणको क्रममा स्थानियबासीले भने पहिले नगरपालीकाको कार्यलय स्थापना गर्नुपर्ने अनि मात्र साँस्कृतिक ग्राम निर्माणको काम अगााडि बढाउनु पर्ने माग राख्दै विरोध जनाएका छन् ।
    वडा अध्यक्ष सागर राईले मन्त्री,नगर प्रमुख, उपप्रमुख आफूहरुसँग समन्वय नगरी आएको भन्दै असन्तोष मात्र पोखेनन् वडाको समन्वय विना संग्राहलय बन्न नदिने भन्दै सामाजिक विकाश मन्त्रि मुर्दावाद भन्दै नारा लगाएका थिए ।
    आफु वडाको कार्यकारी भएतापनि मन्त्री आउने कुरा अन्य वाट आफुले सुनेको र नगरपालिकाले राजनैतिक रुपमा आफु भिन्न पार्टीको भएका कारण उपेक्ष्या गरेको उनले वताए ।
    विना जानकारी प्रदेशका समाजिक मन्त्रि आफ्नो वडामा प्रवेश गरेको भन्दै अधिकांश स्थानीयबासीले असन्तुष्टि पोखेका छन् । स्थानीयबासी पदमप्रसाद दाहाल, चन्द्रप्रसाद पोख्रेल लगायतको ठूलो समूहले मन्त्री उभिएर बोल्न थालेपछि होहल्ला गरेका थिए ।
    वडा अध्यक्षसहित समूहको होहल्लाकैवीचमा मन्त्री घिमिरेले सांस्कृतिक ग्रामथानको लागि डीपीआर तयार पार्न ५० लाख रकम विनियोजन भएको जानकारी गराउदै मन्त्री घिमिरेले ग्रामथानमा कृतिम पहाडसहितको पाथीभारा, कृतिम सुरुङसहितको हलेशी र बाहरक्षेत्र निर्माण गर्ने बताए ।
    त्यसैगरी हिमाल, पहाड र तराइको सांस्कृतिक भेषभूषा झल्किने बहुजातीय संग्राहलय निर्माण गरिने योजना रहनुका साथै संग्राहलय प्रदेशकै आकर्षक केन्द्रको रुपमा विकास गर्ने योजना समेत रहेको मन्त्रिले सुनाए ।

     

    स्थानीयबासीको विरोध किन ?
    मन्त्री पुगेको कार्यक्रममा वडा अध्यक्ष सागर राई भन्दै थिए । प्रदेश र स्थानिय सरकारले वडासँग समन्वय गर्न पर्दैन ? सरकारको काममा दलीय प्रतिशोध राख्न मिल्छ ? नेपाली कांग्रेसबाट निर्वाचन जितेका राईको निरन्तर यस्तै प्रस्नहरु तेर्सिएका थिए ।
    संग्राहलय निर्माण गर्ने भनिएको क्षेत्रमा लामो समय भुटानी शरणार्थी बसेका थिए ।
    कुनैबेला २२ हजारसम्म शरणार्थी बसेको सो क्षेत्र अहिले खाली रहेको छ । भुटानी शरणार्थी तेस्रो मुलुक पूर्नवासमा गएपछि त्यहाको करिव सय विगाहा जग्गा खाली रहेको छ ।
    साविक पथरी, शनिश्चरे छुट्टाछुट्टै गाविसबाट नगरपालिका प्रस्ताव गर्दा शरणार्थी बसेको क्षेत्रमा नगरपालिका सार्नुपर्ने सर्वदलीय सहमति बनेको थियो ।
    अहिले पथरी गाविसको पूर्व कार्यालयमै नगरपालिकाले कार्यसम्पादन गर्दै आएको छ । वर्तमान केन्द्र वडा नम्बर १ को पथरी बजारमा पर्छ । पथरी बजार र शरणार्थी बसेको क्षेत्र करिव १ किलोमिटरको दुरीमा रहेको छ ।
    नगरपालिका हुदा गरिएको दलीय सहमति कायम गर्न १० नम्बर वडाबाट पटक पटक तागेता भएतापनि नगर कार्यपालिकाबाट सुनुवाइ नभएपछि स्थानिय लामो समय अगाडि देखि नगरपालिका कार्यालय तोकिएको स्थानमा सार्न माग गर्दै आएका छन् ।
    जिल्ला अदालत र पुनरावेदनबाट समेत दलीय सहमतिको आधारमा नगरापालिकाको केन्द्र कायम गर्न फैसला आइसकेको अवस्थामा नगरपालिका अटेर गरि वखेडा निकालेर न्यापालिको फैसललाई बेवस्था गर्दै आएको स्थानियको भनाई रहेको छ ।
    सोही क्षेत्रमा नगर सार्ने निर्णय नगरी संग्राहलयको जग्गा हेर्न आएपछि स्थानीयबासीले आक्रोश व्यक्त गरेका हुन् । अदलतको फैसालाई कार्यान्वयन नगरे आफुहरु छातिमा गोली थाप्न पनि तयार रहेको स्थानियले वताएका छन्
    उक्त खालि भूमिमा वेला बेलामा युवाहरुको खेलकुद विकास केन्द्र निर्माण गर्ने छलफलसमेत चल्ने गरेको छ । मुख्य सडकसँग जोडिएको उक्त जग्गा भने स्थानीय पशुपति सामुदायिक वनको क्षेत्रमा पर्दछ ।
    आदिवासी जनजाति समुदाय, स्थानीयबासी, प्रतिपक्ष कांग्रेस, संघीय समाजवादी फोरम, नेकपाक्रान्तिकारी माओवादी र विप्लव नेतृत्वको माओवादीसँग छलफल र सहमति नजुटाएसम्म उक्त क्षेत्रमा संग्राहलय निर्माण गर्न हम्य पर्ने देखिन्छ ।

    https://www.youtube.com/watch?v=f-YhQPrApfY&t=28s

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…