• देबु बानियाँ
    बाहुनडाँगी, २५ पुस÷ नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेलले जेसीजले समाजमा सक्षम युवाहरु निर्माण गर्दै समाज परिवर्तनमा काम गरिरहेको बताउनु भएको छ ।
    कोहोलपुर जेसीजको ११ औँ पदस्थापन कार्यक्रमलाई बुधवार सम्बोधन गर्दै अध्यक्ष पौडेलले समाजलाई आवश्यक युवाहरु उत्पादन गर्दै समाज निर्माणमा हरेक समयमा सकारात्मक काम गरिरहेको बताउनु भएको हो ।
    वर्ष २०१९ मा नेपाल जेसीजको अध्यक्षको नेतृत्व ग्रहण गरेपछि देशका पश्चिम जिल्लाहरुमा भइरहेको कार्यक्रममा सहभागि हुने क्रममा कोहोलपुर पुग्नु भएका पौडेलले अबका दिनमा जेसीजमा आबद्ध हरेक युवाहरुलाई सीप मुलक तालिमहरु सञ्चालन गरी थप उर्जावान जनशक्ति उत्पादन गर्ने लक्ष्य बनाएको बताउनु भयो ।
    ‘हामी युवाहरुको नेतृत्व विकाससँगै युवाहरुमा उद्यमशीलताको विकास गर्दै जानेछौँ’ कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएको पौडेलले भन्नु भयो–‘जबसम्म युवाहरु सक्षम हुन सक्दैनन, तबसम्म समाज परिवर्तन हुने कल्पनासम्म गर्न सकिन्दैन । यसकारण जेसीजले युवाहरुलाई नेतृत्व विकाससँगै सीपयुक्त बनाउँदै आत्मानिर्भर बनाउँछौँ ।’ उहाँले वर्ष २०१९ मा देशभरका शाखाहरुलाई विभिन्न किसिमका तालिमहरु उपलब्ध गराएर जाने बताउनु भयो ।
    कार्यक्रमका नेपाल जेसीजका राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष श्यामसुन्दर पौडेल (मिलन) ले राज्यले अनुत्पादक क्षेत्रमा होइन अबका दिन उत्पादक क्षेत्रमा लगानी गर्नु पर्ने बताउनु भएको छ । क्षेत्र ‘घ’ का निरुपित समेत रहनु भएका कार्यकारीणी उपाध्यक्ष पौडेलले समृद्ध राष्ट्र निर्माणका लागि राज्यले उत्पादनमुखी लगानी गरेर अघि बड्न सुझाव दिनु भयो । उहाँले त्यसका लागि जेसीजमनहरुले पनि सहयात्रा गरेर अघि बढ्ने बताउनु भयो ।
    कार्यक्रममा वर्ष २०१९ का अध्यक्ष बुद्धि थापा मगरले वर्ष २०१९ का अध्यक्ष संगीता सुवेदीलाई आफ्नो गलामा भएको चेन हस्तान्तरण गर्दै सपथ ग्रहण गराउनु भएको थियो । कोहोलपुर जेसीजको इतिहासमा नव निर्वाचित अध्यक्ष सुवेदी पहिलो महिला अध्यक्ष हुन् । नव निर्वाचित अध्यक्ष सुवेदीले विभिन्न पदमा मनोनित गरेकी थिइन् । महासचिवमा संगम खनाल, कानुनी सल्लाहकारमा लुना बुढाथोकी, कोषाध्यक्षमा विक्रम भुसाल, सह कोषाध्यक्षमा सूर्य बस्याल र सचिवमा कपिल शाह मनोनित गर्नु भएको छ । यस अघि भएको निर्वाचनमा कार्यकारीणी धुब्र आचार्य र राम पाण्डे, उपाध्यक्षहरुमा दिपेन्द्र केसी, राकेश विष्ट, राजकुमार पौडेल र अन्जु न्यौपाने सर्वसम्वत निर्वाचित भएका निर्वाचन आयुक्त तथा वर्ष २०१७ का अध्यक्ष प्रकाश लामिछानेले बताउनु भयो ।

    कार्यक्रममा नेपाल जेसीजका पूर्व अध्यक्ष रबिन्द्र कर्ण, राष्ट्रिय उपाध्यक्ष सिनेटर रुकमणि सिग्देल, राष्ट्रिय उपाध्यक्ष लालमणी भण्डारी, छिमेकी शाखा लम्की जेसीजका अध्यक्ष जुबराम चौधरी, लमही जेसीजका अध्यक्ष खेम घिमिरे, नेपालगञ्ज जेसीजका अध्यक्ष अर्जुन ढकाल, तुलसीपुर जेसीज अध्यक्ष दिपेश भण्डारी, शाखाका पूर्व अध्यक्ष विष्णु बेलबासे, पवन थापा, प्रकाश लामिछाने, हेमराज खनाल, संस्थापक कार्यकारीणी उपाध्यक्ष विष्णु खनाललगायतको सहभागिता रहेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…