• काठमाडौं, २५ पुस । सरकार गठन भएको एक वर्ष पुग्नै लाग्दा प्रधानमन्त्री केपी शर्मा ओली काम देखाउने तत्परता लिँदै छन्, यति नै बेला प्रधानमन्त्री ओलीविरुद्ध सूक्ष्म घेराबन्दी शुरु भएको छ ।

    देखिने गरी सरकारको पक्षमा बोल्ने, तर भित्रभित्रै ओलीलाई घेराबन्दीमा पार्ने योजना उनको आफ्नै दल नेकपाभित्र बनेको छ ।

    वरिष्ठ नेता वामदेव गौतम खुलेआम केपीविरुद्ध सक्रिय भएका छन् भने झलनाथ खनाल शालीनतापूर्वक घेराबन्दीको निर्माणमा लागेको पाइएको छ । केही समययता प्रचण्ड केपीसँग मित्रता बढाउँदै सरकारको रक्षा गर्न कस्सिएर लागेका देखिन्छन् ।

    तर, उनी पनि पर्दा पछाडि केपीविरुद्धको घेराबन्दी निर्माणमा लागिपरेका छन् । हुँदाहुँदा माधवकुमार नेपालसमेत सरकारको पक्षमा बोल्दै केपीलाई विस्थापित गर्ने योजनामा रहेको पाइएको छ ।

    यतिखेर नेकपाभित्र प्रचण्ड, माधव नेपाल, वामदेव गौतम, भीम रावल र घनश्याम भुसालगायतका नेताहरु यथाशीघ्र केपीलाई सरकारबाट हटाउने गृहकार्यमा जुटेका छन् ।

    संसदीय दलमा बहुमत जुट्नेबित्तिकै संसदीय दलकोे नेता पदबाट ओलीलाई विस्थापित गरेर अघि बढ्ने योजनाका साथ उल्लिखित नेताहरु क्रियाशील भएका छन् ।

    कतिपय मन्त्रीहरुसमेत ओलीविरुद्ध भएको र सरकारले वर्ष दिन पूरा गरेपछि नेतृत्व बदल्ने तत्परता लिन लागेको बुझिएको छ ।

    यसरी प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध उनको आफ्नै दलभित्र घेराबन्दी शुरु भइरहँदा दुवैतर्फका छिमेकी मुलुकहरुसँगको सम्बन्धमा पनि असन्तुलनको अवस्था पैदा भएको छ ।

    एसिया प्यासिफिक (इसाई) सम्मेलनमा सरकारको सहभागिता र इन्डो–प्यासिफिक कमाण्डसँगको सहकार्यमा जाने तत्परतापछि भारत र चीन दुवै मुलुकहरु केपीप्रति सशंकित भएको बताइन्छ, घटना र विचारमा उल्लेख छ ।

    ओलीविरुद्ध योजनाबद्ध घेराबन्दी शुरु भइसकेकोले वर्तमान सरकारले तीनदेखि ६ महिनाभित्रै बिदा पाउने अनुमान विश्लेषकहरुले गरेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…