• काठमाण्डौ । नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले सरकारले देश र जनताको हितमा काम गर्न नसकेकाले छायाँ सरकार बनाएर निगरानी गर्न खोजिएको दावी गरेका छन् ।

    नेपाली रेडियो नेटवर्कको कार्यक्रममा कुरा गर्दै विश्वकर्माले दुई तिहाई बहुमतको सरकारले मुलुकको आवश्यकताभन्दा पर गएर मनोमानी र अराजक ढंगले काम गर्न थालेकाले छायाँ सरकारको आवश्यकता परेको बताए ।

    केपी ओली नेतृत्वको सरकारको निगरानीका गर्न कांग्रेसको छायाँ सरकार सफल हुने विश्वकर्माको दावी छ ।

    “प्रतिपक्षी दलको भूमिका भनेको सरकारको खबरदारी गर्ने हो । कांग्रेस त झन संसदीय व्यवस्थाका लागि लडेको पार्टी हो । सरकारले गरेका कामलाई रोक्ने जिम्मेवारी कांग्रेसको काँधमा छ ।” उनले भने ।

    छायाँ सरकार कार्यकारी नभएकाले अनुगमन र निगरानीको भूमिका खेल्ने उनको भनाई छ ।

    महासमिति बैठकपछि कांग्रेस एकढिक्का भएर अगाडि बढेको पनि विश्वकर्माको दावी छ । अब आशालाग्दो तरिकालले कांग्रेस अगाडि बढ्ने उनले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…