• टिकापुर जेसीज वर्ष २०१९ को २२ औँ पदस्थापन मंगलवार सम्पन्न भएको छ ।
    नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेलको प्रमुख आतिथ्यता तथा शाखा अध्यक्ष लालकेश जैसीको सभापतित्वमा सम्पन्न पदहस्तान्तरण कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । वर्ष उत्कृष्ट सदस्यमा टिका जैसी, वर्ष उत्कृष्ट पदाधिकारीमा तपेन्द्र स्वाँर, प्रदेश सभा सदस्य उमा बादी, संस्थापक अध्यक्ष जगतबहादुर रावल र खेलकुद क्षेत्रका बबरजंग शाहीलाई सम्मान गरिएको छ ।
    पदस्थापन कार्यक्रममा वर्ष २०१८ का अध्यक्ष लालकेश जैसीले वर्ष २०१९ का अध्यक्ष गणेश साउथलाई आफ्नो गलामा भएको जेसीज चेन हस्तान्तरण गर्दै सपथ ग्रहण गराएका थिए । नव निर्वाचित अधयक्ष साउथले वर्ष २०१९ का सबै पदाधिकारीलाई सामुहिक सपथ ग्रहण गराएको थिए । समितिको कार्यत्ररीणी उपाध्यक्षमा बलराम चौधरी, पृथ्वी ढुङ्गाना, उपाध्यक्षमा टिका जैसी, डिल्ली जैसी, कमल सुवेदी र दिपक बराल, महासचिवमा तपेन्द्र स्वाँर, कोषाध्यक्षमा झनक तिम्सिना र कानुनी सल्लाहकारमा लक्ष्मण थापा रहेका छन् ।
    कार्यक्रममा नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष श्याम सुन्दर पौडेल (मिलन) राष्ट्रिय उपाध्यक्ष सिनेटर रुकमणि सिग्देल, नेपाल जेसीजका निवर्तमान राष्ट्रिय उपाध्यक्ष टेकराज रेग्मी, निर्वाचन आयुक्त टेकनारयण पौडेल, बोनिया जेसीजका अधयक्ष जनक विष्ट, वडा नम्बर १ का वडा अध्यक्ष गंगाराम आचार्यलगायतले बोलेका थिए । वर्ष २०१८ का कार्यकारीणी उपाध्यक्ष लक्ष्मण थापाले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव सुरेश रिमालले गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…