झापा । नेपाल मगर विद्यार्थी संघ सुनसरी जिल्लाको तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले कमलबहहादुर राना मगरको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा विनोद आले मगर, सचिवमा जीवनकुमार मगर, सहसचिवमा विपुल मगर र कोषाध्यक्षमा आश्विन आले मगर चयन भएका छन् । सदस्यहरुमा भपेन मगर, अज्वल आले मगर, दिलकुमार मगर, दिक्षा मगर, आकाश थापा मगर र गिता मगर चयन भएका छन् ।
कमलबहादुर राना मगरको अध्यक्षता तथा नेपाल मगर विद्यार्थी संघका केन्द्रीय भाषिक उपाध्यक्ष मनिष सूर्य मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि केन्द्रीय सचिव सुमना मगर, युनेश राना मगर र चत्रबहादुर थापामगरको सहभागिता रहेको थियो ।