• पौष २६, काठमाडौं । अमेरिकाको एरिजोना राज्यमा रहेको एक नर्सिङ होममा कोमामा रहेकी एक महिलाले बच्चा जन्माएपछि त्यहाँका मेडिकल प्रमुखले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

     

    कम्पनीले एक विज्ञप्तिमा निर्देशक बिल थोमसनको राजीनामा स्वीकार गरेको जानकारी दिएको छ ।

     

    पीडित महिला फिनिक्स इलाका नजिक रहेको हेसिन्डा हेल्थकेयरको एक क्लिनिकमा करिब एक दशकअघि भर्ना भएकी हुन् । उनी त्यसबेला देखि नै कोमामा रहेका कारण उनलाई हरेक समय हेरचाहको आवश्यकता छ ।

     

    प्रहरीले यो घटनामा यौन शोषण भएका हुनसक्ने भन्दै छानविन सुरु गरेको छ । महिलाको पहिचान भने सार्वजनिक गरिएको छैन । ती महिलाले गत २९ डिसेम्बरमा बच्चा जन्माएको अनुमान गरिएको छ ।

     

    सीबीएस फिनिक्ससँग जोडिएको केपीएचओ–टिभीले एक अज्ञात स्रोतको हवाला दिँदै भनेको छ, ‘हामीलाई भनिएअनुसार महिला चिच्चाइरहेकी थिइन् र उनलाई के भएको हो भन्ने समेत बुझ्न कठिन भएको थियो ।’ ती महिलाले बच्चा जन्माउुअघिसम्म पनि कुनै पनि कर्मचारीलाई ति महिला गर्भवती भएको विषयमा जानकारी थिएन ।

     

    ‘यो घटनालाई एउटा भयावह घटनाबाहेक अरु कुनै पनि प्रकारले स्वीकार गर्न सकिन्न,’ कम्पनीको बोर्डका कार्यकारी उपाध्यक्ष ग्यारी ओर्मनले भने, ‘हामी हाम्रो शक्तिअनुसार हरेक एक विरामी र कर्मचारीको सुरक्षा सुनिश्चित गर्नेछौं ।’

     

    न्युयोर्क टाइम्सको नयाँ रिपोर्टपछि यस क्लिनिकमाथि दुव्र्यवहारको आरोप लागेको छ । जसमा विना कपडा या नुहाएको समयमा बिरामीको गोपनियतामाथि ध्यान नराख्ने गरिएको आरोप समेत लागेको छ ।

     

    फिनिक्स प्रहरीका प्रवक्ताले यो घटनाका विषयमा अझै छानविन जारी रहेका कारण केही भन्न नसकिने बताएका छन् । सो क्लिनिकमा नयाँ नियम समेत लागू गरिएको छ ।

     

    अब महिला विरामीको कोठामा पुरष डाक्टर या कर्मचारी कुनै महिलाको साथमा मात्रै प्रवेश गर्न पाउनेछन् । हेसिन्डा हेल्थकेयरले प्रशासनलाई पूरा सहयोग गरिरहेको बताएको छ । एरिजोना स्वास्थ्य विभागले क्लिनिकमा विरामीको निगरानीका लागि निरीक्षक पठाएको र कडा सुरक्षा मापदण्ड लागू गरेको जनाएको छ । समाचार राजधानी दैनिकमा छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…