•  

    काठमाडौ,२६ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पोलिट्ब्युरो गठनमा विवाद भएको छ । पोलिट्ब्युरोमा पूर्वमाओवादी केन्द्रले ५० प्रतिशत हिस्सा मागेपछि विवाद उत्पन्न भएको पार्टी एकताका बाँकी काम टुङ्गाृे लगाउन बनेको कार्यदलका एकजना सदस्यको दावी छ ।

    कार्यदलको बैठकमा पूर्वमाओवादीले सम्मानजनक एकताको लागि भन्दै पोलिट्ब्युरोमा ५०–५० प्रतिशत हिस्सा हुनुपर्ने अडान राखेको छ । तर पूर्वएमालेले केन्द्रिय समिति,स्थायी समिति जस्तै ६०–४० का आधारमा पोलिट्ब्युरो गठन हुनुपर्ने अडान राखेको छ ।

    ४४१ सदस्यीय केन्द्रीय समितिको एकतिहाई पोलिटब्युरोमा रहनेछन् । कार्यदलमा विष्णु पौडेल, रामबहादुर थापा, लेखराज भट्ट, वेदुराम भुसाल, योगेश भट्टराई, रघुवीर महासेठ, वर्षमान पुन, सुरेन्द्र पाण्डे र शंकर पोखरेल छन् ।

    यसैबीच, तत्कालीन एमाले र माओवादी केन्द्रको एकीकरणबाट नेकपा बनेको साँढे सात महिना बित्दा पनि विधान टुंगिन सकेको छैन । राजनीतिक प्रतिवेदन, पार्टीको कार्यदिशा, विधानलगायत महत्वपूर्ण विषय एकीकरणकै क्रममा टुंगिसके पनि बल्ल अहिले विधान परिमार्जनको विषयले प्रवेश पाएको छ ।

    संगठनात्मक एकीकरणको बाँकी काम टुंगो लगाउन स्थायी समितिको पछिल्लो बैठकबाट गठित कार्यदलमा विधान परिमार्जन र प्रदेश कमिटीको नामावली हेरफेर गर्ने किन नगर्ने विषयबाट छलफल अघि बढेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…