• अमरगढी, २६ पुस

    डडेल्धुरा जिल्लाका किसान स्वास्थ्यका लागि फाइदाजनक र आर्थिक दृष्टिकोणले समेत उपयोगी मानिएको किबी खेतीतर्फ आकर्षित भएका छन् ।

    सुन्तला उत्पादनमा कमी आएका कारण किसान उक्त खेतीतर्फ लागेका हुन् । शुरुमा एक पटक लगानी गरेपछि ४०÷५० वर्षसम्म उत्पादन दिइरहने र बजारको समेत अभाव नहुने भएकाले किसान किबी खेतीतर्फ आकर्षित भएका हुन् ।सदरमुकाम नजिकै पर्ने अमरगढी–१ भेटा, ७ पोखरा र ६ दमोडा वडामा पनि केही किसानले समूहगत रूपमा गत वर्षदेखि किबी खेती गर्दै आएका छन् ।

    चार वर्ष पहिले साविकको डडेल्धुरा जिल्ला कृषि विकास कार्यालयले खरिद गरेको रु आठ लाख बराबरको किबीका बिरुवा ५० प्रतिशत अनुदानमा यस वर्षमा ८०० बिरुवा वितरण गरिएको थियो । दुवै ठाउँका लागि दोलखाको बोचस्थित बागवानी फार्मबाट बिरुवा झिकाइ प्रतिबिरुवा रु १०० मा जिल्ला कृषि विकासले खरिद गरी किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गर्दै आएको जिल्ला कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले जानकारी दिनुभयोे ।किबी खेतीका लागि यहाँको मौसमका उपयुक्त देखिएकाले कृषक त्यसतर्फ बढी आकर्षित भएको उहाँले बताउनुभयो ।

    बिरुवा लगाएको चार वर्षमै उत्पादन दिने यसको फल तीन प्रकारको हुने हुँदा मूल्य पनि क्रमशः ३००, ४०० र ५०० प्रतिकिलोमा बिक्री हुँदै आएको र विदेशबाट आउने ए ग्रेडको किबीको मूल्य भने प्रतिकेजी ९०० पर्ने अधिकृत विष्टले जानकारी दिनुभयो । त्यहाँ उत्पादित किबी फललाई हुस्की, वियर, जुस, जाम र वाइन बनाएर बिक्री गर्ने विषयमा अध्ययन भइरहेको पनि स्थानीय कृषक राजेश खनालले बताउनुभयो ।

    डडेल्धुरामा किबी फलको शुरुआत गरिएको चार वर्ष मात्र भएको छ । यहाँको हावापानी राम्रो देखेर तत्कालीन स्वीस प्रोजेक्टमा कार्यरत जेएफ मेसी भन्ने व्यक्तिले यासको उत्पादन थाल्नुभएको थियो ।

    बोचस्थित बागवानी फार्मका अनुसार प्रत्येक १० बोट पोथी जातको बिरुवा लगाउँदा एक बोट अनिवार्य भाले जातको बिरुवा लगाउनु पर्दछ । भाले बोटबाट फल नलागे पनि परागसेचनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्छ । किबीका पोथी जातमा हेवाड, ब्रुनो, अलिसन, अव्बुट, मोन्टी, ग्रासी छन् भने भाले जातमा टुमोरी, माटुवा आदि नामका छन् ।

    किबी फल ज्यादै पोषिलो र धेरै फल्नुका साथै उत्पादनमा सहज हुनाका साथै बजारमुखी पनि छ । एक पटक लगाएपछि ४०÷५० वर्ष लगातार फल दिन्छ । यसको फल अण्डा आकारको खैरो रङ्गको मसिनो झुसले ढाकेको हुन्छ । लहरामा फल्ने अत्यन्त पोषिलो यो फल फागुन चैतमा पूmल फुल्ने र कात्तिक मङ्सिरमा टिप्न गोग्य हुन्छ ।

    फलको ठूला होटलमा बढी माग हुने किबीमा भिटामीन सी, इ, के र अन्य खनिज पदार्थ धेरै भएकाले स्वास्थ्यका लागि बहुउपयोगी पोषणयुक्त हुनुका साथै पेटसम्बन्धी रोग निमोनिया, दम, उच्च रक्तचाप, कोलेस्ट्रोल, मधुमेहजस्ता धेरै प्रकारका रोग निवारणका लागि पनि उपयोगी हुने विज्ञहरू बताउँछन् ।

    किबी फल नेपालमा भित्रिएको करीब तीन दशक भइसके पनि प्रचारप्रसारको अभावमा किसानले यस्को महत्व नबुझेका हुन् डडेल्धुरामा सुन्तला खेती ह्रास आउँदै गरेका कारण वैकल्पिक यो खेतीको शुरुआत गरिएको कृषि ज्ञान केन्द्र डडेल्धुराका वरिष्ठ कृषि विकास अधिकृत विष्टको भनाइ थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…