• काँकरभिट्टा, पुस २६ । अरुणेदय माध्यमिक विद्यालय काँकरभिट्टाले पुस २४ गते मेचीनगर पालिकामा चेपाङ परिवारसँगकोे जग्गा विवादमा निस्किएको समस्यालाई समधान गरिदिन सम्बन्धित क्षेत्रलाई आग्रह गरेको छ ।
    विद्यालयले बिहिवार पत्रकार सम्मेलनको आयोजना गरी विद्यालय परिवार र स्थानीय तोयानाथ चेपाङबीचको सीमा विवादको विषयलाई समाधान गरिदिन आग्रह गरेको हो । पत्रकार सम्मेलनमा विद्यालयले प्रेस विज्ञप्ती जारी गर्दै विद्यालय परिवार र चेपाङ परिवारबिच भएको जग्गा विवादलाई राजनितिकरण गरेर विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर लुइँटेल र अध्यक्ष भगिरथ राईलाई अनावश्यक लाल्छना लगाइएकोप्रति आपत्ति जनाएको छ । ‘हामी सञ्चालकद्धय भगिरथ राई र दुर्गाबहादुर लुइँटेलको बारेमा आएका समचार तथा प्रचारबादीप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ’ प्रेस विज्ञयप्तीमा भनिएको छ ।

    साविक नकलबन्दा वडानम्बर ८ घ कित्ता नम्बर १२२१ र १२२२ भित्र पर्ने जग्गामा दुवैपक्षबीच निक्कै अघिदेखि विवाद शुरु भएको थियो । दुवैपक्षबीचको सीमा विवाद नगरपालिकाको न्यायिक समितिमा समेत पुगेको थियो । यसै विषयमा पटक पटक दुवैपक्षलाई बोलाएर समितिले छलफल गराएको थियो ।
    विद्यालयको नाममा रहेका जग्गा नापजोख गर्दा पुर्वपटि ७ र पश्चिम पटि ९ फिट विद्यालयको जग्गा अतिक्रमण भएको विद्यालयका अध्यक्ष भगिरथ राईले पत्रकार सम्मेलनमा जानकारी गराए । ‘हामी चेपाङ परिवारको उठिबास होस् भन्ने पक्षमा छैनौँ’ अध्यक्ष राईले भने–‘हामीले हाम्रो स्रेस्तामा रहेको जग्गा उपभोग गर्न पाउनु पर्छ, चेपाङ परिवारको पनि उचित व्यवस्थापन हुनु पर्छ । यसका लागि सम्बन्धित क्षेत्रले उचित समधान गरिदिन आग्रह गर्दछु ।’
    विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर लुइँटेलले हामीलाई अनावश्यक लालछना लगाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा मुद्धा दर्ता गराइएको छ भन्ने सुनिएको छ । त्यसलाई अबिलम्ब फिर्ता गर्न आग्रह गरे । उनले नगरपालिकाको छलफलमा कुनै झैझगडा गर्ने मनासयले नगएको बताउँदै हामी छलफलमा बसिरहेका बेला बाहिर एक्कासी झगडा भएको बताए । उनले यसमा हाम्रो कुनै संलग्नता नरहेको समेत स्पष्ट पारे ।
    विद्यालयले बिहिवार सार्वजनिक गरेको प्रेस विज्ञप्ती यस्तो छ ।

    प्रेस विज्ञप्ती
    २०५२ सालमा स्थापित भएर निरन्तर अध्ययन अध्यापन गराईरहेको यस अरुणोदय माद्यमिक बिद्यालयको जमिनका बिषयमा बिगत केही दिन देखी बाहिर आईरहेको हल्लाका बारे सत्यतथ्य जानकारी गराउने उद्येश्यले यो बिज्ञप्ती जारी गर्दैछौं । विगत केही दिन देखि विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा हाम्रो अरुणोदय माध्यमिक विद्यालयका साथै हामी संचालकद्वय भगिरथ राई र दुर्गाबहादुर लुइटेलको बारेमा आएका समाचार तथा प्रचारबाजीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
    बिद्यालयको नाममा रहेको मेचीनगर नगरपालिका वडा नं.– ६ काँकरभिट्टाको जमिन मिचिएको बिषयमा यस अघि पनि पटक पटक छलफल पश्चात चेपाङ्ग परिवारले दिएको सिमाना मिलाईपाऊ भन्ने निवेदनको आधारमा मिति २०७५ भाद्र ५ गतेकादिन मेचीनगर नगरपालिकाको न्यायीक समितिले दुवै पक्ष (चेपाङ्ग परिवार र विद्यालय ) विच छलफल चलाई नापीद्वारा नापजोख गरि ७ दिनभित्रमा एकार्काको सिमाना मिलाउने र सो नापी गर्दा विद्यायको जग्गा चेपाङ्ग परिवारकोमा परेको भए चेपाङ्ग परिवारले छाड्ने र विद्यालयको नपरेमा विद्यालयले नापजोख गरि न्यायिक समिति र अमिनले छुट्याएको सिमानामा आफ्नो घेराबार गर्ने भनि भएको सहमतिका आधारमा न्यायिक समिति समेतको उपस्थितिमा नापजोख गर्दा पूर्वपट्टी ७ फिट र पश्चिम पट्टी ९ फिट विद्यालयको जग्गा पर्ने निक्र्याैल भई कार्यन्वयनको प्रक्रियामा जाँदा चेपाङ्ग परीवारबाट विभिन्न समस्या तथा बाधा अड्चन पु¥याए पश्चात सो निर्णाय कार्यान्वयन हुन नसकेपछि पछिल्लो पटक मिति २०७५ पौष २४ गते मेचीनगरको न्यायिक समितिमा सौहार्द रुपमा छलफल भइरहेको अवस्थामा सोही बिषयलाई लिएर छलफल भएको स्थान भन्दा बाहीर सुमन थापा र बीरबहादुर श्रेष्ठ बिच कुट्पिट्को घट्ना भएको हामीले सार्वजनिक सञ्चारमाध्यमबाट जानकारी पाएका छौं । हामीलाई त्यस घट्ना प्रति दुःख लागेको छ । तर त्यस घट्नालाई लिएर बिद्यालय र सञ्चालकहरुको नाम जोडेर नकारात्मक प्रचार भएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
    बिद्यालयका लागि यस समाजमा रहेका सबै ब्यक्तिहरु अभिभावक हुन र हाम्रो दृष्टिकोण पनि सबैमा समान रहने नै हो । तर बिद्यालयको नाममा धनीपुर्जा भएको र पटक पटक नाप जाँच गर्दा समेत पनि चेपाङ्ग परिवारले चर्चेको जग्गा मध्ये लगभग विद्यालयको पर्ने निक्यौल गरिसकेको र सो जमिन बिद्यालयलाई नै फर्काउने सहमति समेत भएको अवस्थामा अनेक बहाना र हुलहुज्जतका भरमा बिद्यालयको जग्गा हत्याउने प्रयास भए पछि हामी यो बिज्ञप्ती सार्वजनिक गर्न बाध्य भएका छौं । साथै उक्त चेपाङ्ग परिवारले घर निर्माण गरी बसोबास गरिरहेको स्थानमा घरबास उठाउन खोजीएको भन्ने समेत हल्ला सुन्नमा आएकोमा विद्यालय तर्पmको जग्गा हाल चेपाङ्ग परीवारको घरको पूर्वपटिको बरण्डा र पश्चिम पटि पछि थप गरी निर्माण गरेको एक कोठा मात्र पर्ने भएको हुँदा सम्पूर्ण घरबास नै उठ्ने अवस्था समेत नरहेको जानकारी गराउन चाहान्छौं ।
    खासगरी बिद्यालयको जग्गामा बसोबास गर्नु भएका तोयानाथ चेपाङ्ग र निजको परिवारको उचित ब्यवस्थापन हुनु पर्छ भन्ने हामी पनि जोडदारका साथ भनिरहेका छौं तर त्यो ब्यवस्थापन गर्ने जिम्मा राज्यको हो भन्ने पनि सबैले बुझ्नु जरुरी छ । हामी पनि चेपाङ्ग परिवारको उठिबास होस् भन्ने. पक्षमा छैनौं तर त्यसो भनिरहँदा बिद्यालयको भौतिक संरचना निर्माणका लागि ऋण गरेर खरिद गरेको जग्गा निरन्तर अतिक्रमण हुनुले हामीलाई दुखित बनाएको छ । साथै घट्नाको सत्यतथ्य बुझेर मात्र आमसञ्चारका माध्यमहरुमा समाचार सम्प्रषेण गरिदिन हुन सबै सञ्चारकर्मी ज्युहरुलाई हामी हार्दिक आग्रह समेत गर्दछौं । सञ्चार माध्यम भनेका समाजका ऐनाहुन जसले समाजको यथार्थ तस्वीर उतार्नु पर्छ नत्र तिनीहरुको बिश्वसनीयता गुम्न जान्छ ।
    बिद्यालयको चासोको बिषय भनेको आफ्नो श्रेस्ता भित्रको जमिनको पूर्ण प्रयोग गर्न पाउनु पर्छ भन्ने मात्र हो । त्यसका लागि हामीले उचीत पहलकदमी गरिरहेका छौं र निरन्तर गरिरहने नै छौं । तर त्यस भन्दा बाहेकका बिषयमा बिद्यालय र सञ्चालकहरुको नाम जोडेर अर्नगल प्रचारबाजी नगर्न पनि सबैमा हार्दिकताका साथ हामी आग्रह गर्दछौं ।
    बिद्यालय भनेको सबैको साझा संरचना हो त्यसको संरक्षण गर्नु स्थानीय समुदाय र राज्यको समेत कर्तब्य हुन आउँछ । त्यसकारण पनि बिद्यालयको नाममा रहेको जग्गा अबिलम्ब बिद्यालयले पुर्ण प्रयोग गर्ने बातावरण बनाईदन हुन मेचीनगर नगरपालिका, न्यायिक समिति, स्थानिय राजनितिक दल र तीनका नेतृत्वहरु, नागरिक समाज तथा आम सञ्चारकर्मी महानुभावहरुमा आवश्यक पहल गरिदिनहुन हामी हार्दिक अनुरोध गर्दछौं ।

    दुुर्गाबहादुर लुईटेल                                                                                                  भगिरथ राई
    प्रधानअध्यापक                                                                                                        अध्यक्ष

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…