• देबु बानियाँ
    इटाभट्टा, २६ पुस ÷ इटाभट्टाको मेची दिब्यज्योति आँखा अस्पताल सञ्चालनका लागि दिइएको इजाजत सरकारले रद्द गरेको भन्ने भ्रामक प्रचार प्रसारप्रति अस्पतालले आपत्ति जनाएको छ ।
    मेचीनगर–७ स्थित इटाभट्टाको उक्त अस्पताल सञ्चालन भएको भवन स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नती मापदण्ड सम्बन्धी निर्देशिका २०७० को प्रावधान अनुरुप नभएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ईजाजत रद्द गरेको भन्ने भ्रामक प्रचार प्रसारप्रति अस्पतालले आपत्ति जनाएको हो ।
    अस्पतालले बिहिबार पत्रकार सम्मेलन गरेर मिथ्या आरोप प्रति खण्डन गरेको छ । पत्रकार सम्मेलनमा अस्पतालकी मेडिकल डाईरेक्टर मोनिका कर्माचायले सम्बन्धित निकायहरुबाट अनुमति र स्वकृति लिएर अस्पताल सञ्चालन गरिएको दाबी गरिन् । उनले आम नागरिकको स्वास्थ्य प्रतिको जिम्मेवारी बोधलाई पहिलो प्राथमिकतामा राखेकोमा अस्पतालका बारेमा नियोजित रुपमा बजारमा चलाइएका हल्लाहरुलाई हाम्रो गुणस्तरीय उपचार सेवाले नै गतिलो जवाफ दिइरहेको बताइन् । अस्पताल सञ्चालनका लागि कुनै अवरोध नगर्नका लागि सर्वाेच्च अदालतले गत पुस १२ गते अन्तरिम आदेश जारी गरेको सञ्चालक सदस्य सुमन थापाले बताए ।
    मेची दिब्यज्योति आइ केयर सेन्टर व्यवस्थापन समितिका संयोजक बन्धनकुमार मुण्डाले अस्पतालका बारेमा फैल्याएको कपोकल्पित हल्लाहरुलाई दिब्यज्योतिको लोकप्रियताको पाटोसँग कदापी पनि तुलना गर्न नसकिने बताए । संयोजक मुण्डाले हाम्रो जनमुखि सेवाप्रति थप प्रतिबद्व र जिम्मेवार रहेर निरन्तर यात्रामा रहने संकल्प गर्ने बाचा गरे ।
    समितिका सदस्य राम ओलीले अस्पतालप्रति अदृश्य पर्दाबाट गरीएका सबै कपोकल्पित र मनगढन्ते र बेतुकका हल्लाहरुलाई सामना गर्न तयार रहेको जानकारी दिए । अस्पतालको सेवासुविधालाई थप स्तरिय तथा नागरिकप्रति जवाफदेहि सेवा प्रवाह गर्न हामी कटिबद्व रहेको उनको भनाइ छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिब्यज्योति आँखा अस्पतालको ईजाजत रद्द गरेको भन्ने सम्बन्धमा आफुहरुलाई कुनै जानकारी नआएको अस्पतालका सञ्चालक समिति सदस्य गिता खड्काले बताइन् ।
    मन्त्रालयको पत्रका बिषयमा झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सञ्चालनको अनुमति दिने निकाय जिल्ला जनस्वास्थ्य कार्यालय भएकाले सेवा बन्द गर्ने वा खोल्ने सोही कार्यालयबाट हुने बताए । जिल्ला जनस्वास्थ्य कार्यालयलाई यस विषयमा जानकारी नभएको बताइएको छ ।
    मेचीनगरमा रहेर आँखाको क्षेत्रमा काम गरिरहेको १५ शैययाको अस्पताल सञ्चालनको अनुमति पाएको उक्त अस्पतालले इटाभट्टा र काँकरभिट्टाको आइकेयर सेन्टरले स्थापनाकालदेखि हालसम्म झापा, मोरंग, सुनसरी तथा भारतका विभिन्न क्षेत्रका आँखा तथा कानका ७ हजार भन्दा बढी विरामीलाई सेवा प्रदान गरीएको पत्रकार सम्मेलनमा जनाइएको छ ।
    स्थापना समयदेखि नै अनेकन समस्या झेल्दै आएको यो अस्पताललाई केही व्यक्तिहरुले आफ्नो स्वार्थ पुरा गर्न अनावश्कय दुःख दिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो । अस्पतालका विरुद्धमा विभिन्न समयमा मुद्धा दर्ता गरिएका छन् । ती सबै मुद्धाहरुसँग अस्पतालले सामना गर्दै आएको छ ।
    अस्पतालका विरुद्धमा अर्जुन राई, शंकर बुढाथोकी, नन्थु लिम्बू र केशव घिमिरले विभिन्न लाल्छना लगाएर पटक पटक मुद्धा दर्ता गराएको अस्पतालले जनाएको छ । अस्पतालकी सञ्चालक गीता खड्काले देशभर रहेका २ सय ५० जना डाक्टर र ५० वटा अस्पताल मध्ये हाम्रो अस्पताल र डाक्टर मोनिका कर्मचार्यलाई मात्र फरक नियम बनाएको प्रति आपत्ति जनाइन् । उनले भनिन्–‘सबैलाई एउटै नियम बनाइनु पर्छ ।’

    अस्पताल सञ्चालका लागि सम्बन्धित क्षेत्रबाट प्राप्त भएको इजाजत पत्र र सर्वाेच्च अदालतबाट आएको अन्तरिम आदेश यसैसाथ राखिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…