• पुनित वंशल मेचीनगरका सफल व्यवसायीहरुको सुचीमा पर्ने नाम हो । झापाको मेचीनगरमा जन्मिएर ३६ वर्षदेखि व्यवसाय गर्दै आउनु भएको वंशल शुभ आषिश ट्रेडिङ कन्र्सन्टका प्रोपाइटर हुनुहुन्छ । उहाँले मेचीनगरका विभिन्न सामाजिक संघ संस्थाको सफल नेतृत्व गरिसक्नु भएको छ । २०५५ सालमै झापा उद्योग बाणिज्य शाखा धुलावारीको अध्यक्षको नेतृत्व सम्हालनु भएका वंशल नेपाल अग्रवाल समाज मेचीनगरको अध्यक्ष, नेपाल राष्ट्रिय मारवाडी परिषदका केन्द्रीय सदस्य, लाइन्स क्लब धुलावारीका पूर्व अध्यक्ष, धुलावारी जेसीजको पूर्व अध्यक्ष तथा धुलावारी जेसीज पूर्व अध्यक्ष समाजको वर्तमान अध्यक्षको जिम्मेवारी सम्हालिरहनु भएको छ । उहाँ नेपाली कांग्रेसका क्रियाशिल सदस्य समेत हुन् । उहाँ पार्टी भित्र एक कर्मठ र इमान्दार कार्यकर्ताका रुपमा परिचित हुनहुन्छ । स्पष्ट र कुशल वक्ता, सरल र शालिन स्वभावका प्रतिमुर्ति वंशल आशन्न मेची उद्योग वाणिज्य संघको निर्वाचनका लागि अध्यक्षको प्रत्यासीका रुपमा रहनु भएको छ । नेपाली कांग्रेस र राप्रपा नेपालको गठबन्धन रहेको लोकतान्त्रिक प्यालनको नेतृत्व गरेर चुनावी मैदानमा उत्रिनु भएका वंशल आफ्नो समूहको जितमा विश्वस्त रहेको बताउनु भएको छ । आम व्यवसायीहरुको मन जित्न सफल वंशल २८ गते शनिवार हुने निर्वाचनमा मत जित्दै व्यवासायीहरुको हकहितमा काम गर्ने अठोटका साथ अघि बढ्नु भएको छ । चुनावी अभियानमा मत माग्न व्यस्त वंशलसँग रातोकलम अनलाइनसँग गरिएको कुराकानीलाई जस्ताको तस्तै प्रस्तुत गरेका छौँ ।

    १. अध्यक्षमा तपाईको उम्मेदवारी किन ?
    –वास्तवमा आम व्यवसायीहरु अवको समयमा साना मसिना कुराहरु सवै वुझ्ने भइसकेका छन् । यहि ठाउँमा वसेर विगत ३५ वर्षदेखी व्यापार व्यवसायमा लागेको यथार्थतालाई मैले भनिरहनु पर्दैन । यसका साथै वाणिज्य संघको स्थापनाकालदेखी आजसम्म पनि निरन्तर रुपमा आम व्यवसायीहरुसँगै काँधमा काँध मिलाउँदै संस्थाको भौतिक संरचना निर्माणमा समेत जिम्मेवारीका साथ काम गरेको हुँदा धेरै व्यवसायीहरुको साथ सहयोग र सल्लाह सुझावका आधारमा आफुले अध्यक्ष पदका लागि उम्मेद्वारी दिएको हो । त्यसैले आम व्यवसायीहरुको इच्छा र चाहना अनुसार आम व्यवसायीहरुको हितका लागि नै आफ्नो उम्मेद्वारी परेको हुँदा मेचीनगरका आम व्यवसायीहरुको हक र अधिकारका लागि काम गर्नका लागि उम्मेदवारी दिएको हुँ ।

    २. आफ्नो जितमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
    –म लगायत मेरो सम्पूर्ण टिमलाई यस नगरका आम व्यवसायीहरुको साथ र सहयोग रहेको छ । हाम्रो समूहमा यस मेची उद्योग बाणिज्य संघमा सफल नेतृत्व गरिसक्नु भएको संस्थापक अध्यक्षदेखि वर्तमान अध्यक्षसम्मको आशिर्षवाद रहेको छ । संस्थापक अध्यक्ष पन्नलाल जैन, विजय डालमिया, केशवराज पाण्डे र वर्तमन अध्यक्ष पंकजविक्रम नेम्बाङलगायत अग्रज मानुभावहरुको साथ र सहयोग छ । हाम्रो घोषणा पत्रमा हामीले आम व्यवसायी साथै समग्र संस्थाको हितका लागि उत्कृष्ट कार्ययोजना अघि सारेका छौं । हाम्रो समूहमा मेचीनगरका सफल र सशक्त व्यवसायीहरु उम्मेदवारका रुपमा आउनु भएको छ । सबै अनुभवी र व्यवसायीहरुको हितमा काम गर्ने टिम भएकाले हामी पुरै टिम अत्याधिक बहुमतका साथ जित्ने कुरामा विश्वस्त छौँ ।
    ३. अनि तपाईलाई त आयति उम्मेदवार भन्छन् नि । किन ?
    –पुनित वंशललाई विपक्षीहरुले कुनै पनि मुद्धा नपाएपछि यो मुद्धा उठाएका हुन् । धुलावारीमा जन्मिएर यहिँ व्यवसाय गरेको दशकौँ वितेको छ । अहिले पनि यहि व्यवसायीक क्षेत्रमा काम गरिरहेको छु । अनि कुन आधारमा हो ? आयतित चाहिँ ? कुनै समय देशमा दन्द्ध भएको बेला नानीहरुको पढाइमा असहज भएपछि सिलगुढीमा लगेर नानीहरुलाई पढाएको हो । तर, व्यवसायका क्षेत्रले म कहिले पनि यहाँ भन्दा बाहिर गएको छैन । मात्र यति हो मेरो व्यवसाय नै आयात र निर्यातको भएकाले वारी पारी भइरहन्छ । मान्छे व्यवसाय गर्न, अमेरिका, जापना जान्छन् तर, पुनित वंशल छिमेकी देशको १ घण्टाको दुरीमा रहेको सिलगुढी आवतजावत गर्दा यो अनावश्यक आरोप लगाएर आउनु भनेको आफ्नो जित्ने आधार नभएपछि लगाइएको मित्या आरोप मात्र हो ।
    ४. यदि तपाईले बाणिज्य संघको नेतृत्वमा जित्नु भयो भने तपाइले व्यवसायी क्षेत्रमा के गर्ने योजना बनाउनु भएको छ ?
    –बढ्दो शहरीकरणसँगै हामीसँग रहेका बजार अव्यवस्थित बनेका छन् । सबै भन्दा पहिले धुलावारी, काँकरभिट्टा, चारआली र बाहुनडाँगीका बजारहरुलाई व्यवस्थापन गर्नुछ । हामीसँग नगरमा सवारी पार्किङ व्यवस्थगापन छैन, नगरपालिकासँगको सहकार्यमा यसको व्यवस्थापन गर्नुछ । हाम्रो नगर भुटान र बंगलादेशसँगको प्रत्यक्ष व्यपार सम्बन्ध जोडिएको नाका हो । यी मुलुकसँग व्यपार बढाउन विशेष योजनाहरु ल्याउन, युवा र महिला उद्यमशलिताका लागि कार्यक्रम लिएर आउने, कृषि मण्डिको अवधराणलाई अघि बढाउने , मुख्य शहरहरुमा सार्वजनिक शौचालय बनाउने, धुलावारीको पुरानो हङकङ मार्केटलाई पहिलेकै अवस्थामा ल्याउन र सिंगो नगरलाई व्यवसायिक विकाससँगै हराबरा बनाएर लैजाने योजना रहेका छन् ।
    साथै मेचीनगरमा औद्योगिक सम्भवान बोकेको क्षेत्र पनि हो यसलाई आवश्यक पूर्वाधराको हरुको विकासका लागि सरकारका तिनै तहमा पहल गर्न, व्यवसायीहरुमा लगाइने नाजायज करको बोजलाई न्युनिकरण गर्न, आम्दा अस्पताललाई अझ व्यवस्थित र विकसित गर्न तथा सानादेखि ठूला व्यवसायीहरुको हकहितको संरक्षण गर्ने योजना रहेका छन् ।

    ५. व्यवसायीहरुको साझा संस्थामा राजनीतिक लडाई हुने गरेको छ नि । यो कत्तिको जायज हो ?
    –हाम्रो देशमा जुनकसुकै संस्थामा राजनीतिक प्रतिनिधिका हिसावले चुनाव लड्ने संस्कार नै जस्तो भइसकेको छ । यो अवस्थामा मेची उद्योग बाणिज्य संघ पनि अछुतो रहेन । यसको स्थापना कालदेखि नै यहाँ राजनीतिक रुपमा नेतृत्व चयन हुँदै आएको छ । तर, काम गर्ने सिलसिलमा कुनै पार्टीगत भिन्नता हुँदैन । राजनीतिक प्रतिनिधिका आधारमा नेतृत्व चयन गरेर आउँदै गर्दा यसले केही सहज भने गरेको छ । किनकी भोलि व्यवसायीका क्षेत्रमा काम गरेन भने अर्काे पटक नेतृत्व गर्नका लागि नपाइने हुनाले पनि काम हुने गरेका छन् । ६. तपाई व्यवसायीको प्रतिनिधि हो कि राजनीतिक दलको ?
    –म आस्थागत रुपमा लोकतान्त्रिक प्यानलबाट चुनावी मैदानमा भए पनि मेरो उम्मेदवारी भनेको आम व्यवसायीहरुको प्रतिनिधिको रुपमा रहेको छ । व्यवसायीहरुको पक्षका लामो समयदेखि काम गरेको हुनाले उहाँहरुको सल्लाह र सुझावका आधारमा नै म नेतृत्व गर्नका लागि मैदानमा आएको छु र भोलि पनि निरन्तर रुपमा उहाँहरुकै प्रतिनिधि भएर काम गर्नेछु । एउटै आस्था, एउटै सिद्धान्त र एउटै उदेश्य भएकाले पनि आम व्यवसायीहरुको साझा उम्मेदवार हो ।
    ७. पछिल्लो समय उद्योग बाणिज्य संघप्रति उद्योगी व्यवसायीहरुको खस्कदो मनस्थिति छ । यसलाई कसरी उठान गर्नु हुन्छ ?
    –स्वभाविक रुपमा बितेको समय व्यवसायीहरुमा केही गुुनासाहरु नभएका होइनन् । तर, कामै नभएको भने हैन । केही राम्रा कामहरु पनि भएका छन् । अबका दिनमा यहाँका हरेक व्यवसायीहरुका समस्याहरुका लागि कटिबद्ध भएर उहाँहरुका हरेक सल्लाह र सुझावका आधारमा काम गर्नेछौँ र आगामी ३ वर्षमा बोलेर भन्दा पनि काम गरेर देखाउँनेछौँ । यो बिचमा केही उद्योग व्यसायीहरुलाई उद्योग बाणिज्य संघ प्रति बितिष्णा जागेको यथार्थ हो । त्यस कारणले पनि यहाँका सबै उद्योगी व्यवसायीहरुले पुनितजीले यसको नेतृत्व लिनु पर्छ भन्ने धेरै व्यवसायीहरुको आग्रहले गर्दा मेरो उम्मेदवारी हो ।
    ८. मेचीनगर तेस्रो मुलकुसँग प्रत्यक्ष सम्बन्ध जोडिएको क्षेत्र हो । पछिल्लो समय व्यपार घाटा छ । यसलाई सन्तुलन गर्न तपाईको योजना के छ ?
    –मैले अघि पनि भनेको छु । कि यो नगर तेस्रो मुलकुसँग व्यपार सम्बन्ध जोडिएको क्षेत्र हो । तर, पनि भने जस्तो व्यपार हुन सकेको छैन । त्यसको एउटै मात्रै कारण भनेको हामी निर्यात भन्दा आयातमा बढी लगानी गरयौँ । अब यो घाटालाई परिपूर्ति गर्न हामीले निर्यातलाई बढाउने र आयतलाई घटाउने काम गर्नु पर्छ । यसका साथै स्थानीय स्तरमा व्यवसायको उत्पादन बढाउनु पर्छ । हामीले जति धेरै निर्यात गर्न सक्यौँ त्यति नै हाम्रो व्यवसाय बढ्दै जान्छ । सरकारको निति नै आयातमुखी अर्थतन्त्र भएका कारणले गर्दा यो अफठ्यारो अवस्था ससजना भएको हो र हामी निजी क्षेत्रका मानिसहरुले निर्यातमुलक उद्योगहरुको स्थापना गरी यहाँबाट निर्यात हुने सम्भावना भएका वस्तुहरुको पहिचान गरी प्रर्वधनका लागि नेपाल सरकारलाई घचघच्याउन आवश्क छ ।
    ९. अन्त्यमा केही भन्नु हुन्छ ?
    व्यवसायीहरुको साझा संस्थाको निर्वाचनका लागि नेतृत्व चयन गर्ने जिम्मा तपाइ व्यवसायीहरुको हो । तपाईहरुले विवेक प्रयोग गरेर यस भन्दा अघि भएका कामहरुको मुल्याङ्कनका आधारमा मत दिनु हुनेछ । तपाईहरुले रुचाएको व्यक्तिलाई मत हाल्ने अधिकार तपाईहरुको हो । यस कारण पहिलो कुरा मत हाल्नका लागि मतदान स्थलसम्म आउनु होस् र सक्षम र सफल नेतृत्व रहेको टिमलाई रोजेर मत दिनुहोस् । म यति मात्र भन्छु हाम्रो घोषण पत्रमा भएका हरेक कुराहरुलाई पालना गरेर काम गरेर देखाउने छु । आम व्यवसायीहरुको हकहितमा काम गर्ने छु ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…