• देबु बानियाँ
    बाहुनडाँगी, २७ पुस । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेलले रत्ननगर जेसीजलाई सम्पूर्ण ध्यान महाधिवेशनमा केन्द्रीत गर्न आग्रह गर्नु भएको छ ।
    रत्ननगर जेसीजको २० औँ पदस्थापन समारोहलाई बिहिवार चितवनके रत्ननगरमा उद्घाटन गर्दै राष्ट्रिय अध्यक्ष पौडेलले वर्ष २०१९ को महाधिवेशन एतिहासिक रुपमा सम्पन्न गर्न सबै एकजुट भएर लाग्न आग्रह गर्नु भएको हो ।
    रत्ननगर जेसीज वर्ष २०१९ को ४६ औँ राष्ट्रिय महाधिवेशनको आतिथ्यता शाखा हो ।
    राष्ट्रिय अध्यक्ष पौडेलले यस अघि सिद्धार्थ र जनकपुर महाधिवेशन उत्कृष्ट रुपमा सम्पन्न भएको स्मरण गराउँदै रत्ननगर महाधिवेशन त्यो भन्दा उत्कृष्ट बनाउन आग्रह गर्नु भयो । ‘तपाईहरुसँग जेसीआईको अन्तराष्ट्रिय अनुभव पनि छ’ कार्यक्रमका प्रमुख अतिथि सिनेटर पौडेलले भन्नु भयो–‘भारतको गोवामा भएको वल्र्ड कंग्रेसमा सहभागि भएर आउनु भएको छ । त्यहाँको जेसीज अभियानलाई अनुसरण गरेर थप उचाइमा सम्पन्न गर्न लागि पर्नुहोस् ।’
    अध्यक्ष पौडेलले अन्तिम समयमा हतारिएर काम गर्दा कमजोरी हुने बताउँदै बेलैदेखि महाधिवेशनको तयारीमा लाग्न आग्रह गर्नु भयो । साथै उहाँले तपाइहरुको हरेक गतिविधिसँग नेपाल जेसीज जोडिने हुनाले सहकार्य गरेर अघि बढ्न आग्रह गर्नु भयो । ‘रत्ननगर महाधिवेशनप्रति धेरैको अपेक्षा छ’ पौडेलले भन्नु भयो –‘त्यो चुनौतीलाई पार गर्न शाखाका सबै पदाधिकारी, पूर्व अध्यक्ष तथा सिंगो रत्ननगर यस अभियानमा जुट्नुहोस् ।’
    उक्त समारोहमा वर्ष २०१८ का अध्यक्ष दिपन्द्र शर्मा चापागाईले वर्ष २०१९ का अध्यक्ष सुभाष पोखरेललाई आफ्नो गलामा भएको जेसीज चेन हस्तान्तरण गर्दै सपथ ग्रहण गराउनु भएको थियो । शाखाको यस अघि भएको निर्वाचनबाट कार्यकारीणी उपाध्यक्ष मिना उप्रेती र सुरज पौडेल उपाध्यक्षहरुमा नरहरी पुरी, सन्तोष दवाडी, सोभा श्रृखला र सबिन मानन्धर, निर्देशकमा दिवस लामिछाने, किरण लामिछाने, सुमन पौडेल, दिपिन्द्र घिमिरे सर्वसम्वत निर्वाचित भएका निर्वाचन आयुक्त विश्वास रायामाझी जानकारी दिनु भयो । नव निर्वाचित अध्यक्ष पोखरेलले महासचिवमा प्रदिप अधिकारी, कोषाध्यक्षमा हेमराज आयार्य, कानुनी सल्लाहकारमा सुरेशचन्द्र आचार्यलाई मनोनित गर्नु भएको थियो । साथै उहाँले सबै पदाधिकारीहरुलाई सामुहिक सपथ ग्रहण गराउनु भएको थियो ।
    सोही समारोहमा जेसीज अफ इयर अवार्डबाट उत्कृष्ट कार्य गर्ने जेसी उपेन्द्र शर्मा आचार्यलाई सम्मान गरिएको थियो । साथै अध्यक्ष चापागाईले शाखाका पूर्व अध्यक्ष तथा बोर्डका सल्लाहकार संयोजक योगेन्द्रनाथ अधिकारी, पूर्व अध्यक्ष रुपनराज घिमिरे र सुरेशचन्द्र आचार्यलाई सम्मान गर्नु भएको थियो । शाखा अध्यक्ष दिपेनद्र शर्मा चापागाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशेष अतिथि निरुपित रमेश चन्द्र भुषाल, निरुपित, राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष श्याम सुन्दर पौडेल (मिलन) राष्ट्रि उपाध्यक्ष सिनेटर कमल भण्डारी, राष्ट्रिय उपाध्यक्ष गोकुल सापकोटा, राष्ट्रिय उपाध्यक्ष अर्जुन अधिकारी, राष्ट्रिय उपाध्यक्ष सिनेटर रुकमणी सिग्देल, उद्योग बाणिज्य संघ रत्ननगरका अध्यक्ष राजाराम रेग्मी, शाखा पूर्व अध्यक्ष तथा महाधिवेशन निर्देशक पुष्पराज जोशी, पूर्व अध्यक्ष सुसन्दरलाल श्रेष्ठ, बुद्धराम जोसी, योगेन्द्रनाथ अधिकारी, विश्वास श्रेष्ठ, विश्वास रायामाझी, नारायणबाबु श्रेष्ठ, शिशिर पन्त, सुरेशचन्द्र आचार्य, देवेन्द्र श्रेष्ठ, निरज श्रेष्ठलगायतको उल्लेखिय सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन वर्ष २०१८ का कार्यकारीणी उपाध्यक्ष उपेन्द्र शर्मा आचार्यले गर्नु भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…