• विवेक मिश्र

    बेलवारी \ बेलबारी नगरपालिकाले उत्कृष्ट बिद्यालयका रुपमा पुरस्कार दिएको लक्ष्मी माध्यमिक बिद्यालयले ६ जना दाताहरुलाई सम्मान गरेको छ । बिद्यालय स्थापना देखी अहिले सम्म आर्थीक तथा सामिजक रुपले सहयोग गर्ने दाताहरुलाई सम्मान गरेको हो । बिहिबार स्थानीय लक्ष्मी माध्यमिक बिद्यालयले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै दोषल्ला ओढाई सम्मान पत्रका साथ सम्मान गरेको हो ।

     

    बेलबारी ११ का कृष्ण श्रेष्ठ,सुन्दरहरैचा ३ का भीमबहादुर पौडेल,बेलबारी ११ का किरण कार्की,सुनसरी धरानका झमक बहादुर बस्नेत,बेलबारी ११ का बलमाया रायमाझी तथा बेलबारी ११ कै युवा समाजसेवी बिक्रम राईलाई सम्मान गरेको हो । उनिहरुलाई बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले दोषल्ला ओढाई सम्मानपत्रका साथसम्मान गरेका छन ।बिद्यलायको भौतिक संरचना निर्माण तथा बिद्यलाय पोशाक दिएर बिद्यार्थीको पठन पाठमा सयोग गर्ने दाताहरुलाई सम्मान गरीएको बिद्यालयका प्रधानाध्यापक गोबिन्द भण्डारीले बताए ।

     

    यस्तै बेलबारी नगरपालिका वडा नम्बर ११ले उक्त बिद्यलायमा पठन पाठन गर्ने १सय ३० जना भन्दा वढि बिद्यार्थीलाई न्यानो कपडा बितरण गरेको छ । गरिव अशाय दलित तथा जेहेन्दार बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरीएको वडा अध्यक्ष यम वहादुर पोख्रेलले बताए । दाता सम्मान तथा न्यानो कपडा बितरण गर्दे मेयर सुवेदीले सामुदायिक बिद्यलायहरु हेर्न अन्य क्षेत्र वाट समेत वेलवारीमा आउने खालको बनाउने बताएका छन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…