• काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले जितेको स्थानीय तहमा मात्र पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सार्वजनिक बिदा दिइएको छ ।

    राप्रपाले स्थानीय तहको निर्वाचनमा तीन तहमा जितेको थियो । नेपालगञ्ज उपमहानगरपालिका, झापाको कचनकवल तथा धादिङको रुवीभ्याली गाउँपालिका गरी तीन तहमात्र जितेको राप्रपाले शुक्रबार सार्वजनिक बिदा दिएको हो ।

    धार्मिक रुपले नहेरी पार्टीगत रुपले हेरिएको छ । के हिन्दू, मुस्लिम, इसाई । राष्ट्र निर्माता पृथ्वीनारायण शाहले राष्ट्र एकीकरण गर्दा धर्म र जात हेरेनन् ।

    राप्रपाले हिन्दू धर्मको वकालत गर्दै हिंडे पनि स्थानीय तहको निर्वाचनमा नेपालगञ्जमा हिन्दूधर्मी, कचनकबलमा मुस्लिमधर्मी र रवी भ्यालीमा प्रमुख इसाईधर्मी छन् ।

    यसै सन्दर्भमा राप्रपा अध्यक्ष कमल थापाले सगौरब लागेको भन्दै ट्वीट गरेका छन् । उनले लेखेका छन् – म गर्वका साथ भन्छु – यी तिनैवटा उपमहानगरपालिका र गाउँपालिका राप्रपाले जितेको स्थानीय तह हुन् । राष्ट्रिय एकता दिवसमा बिदा दिने मात्र होइन, विकास र जनहितका कार्यमासमेत उल्लेखनीय कार्य गरेर उदाहरण बनेका छन् ।’

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…