• कठमाडौं । बहुुराष्ट्रिय कम्पनीद्धारा प्रर्वधित स्ट्याण्डर्ड चार्टड बैंकको बित्तीय अवस्था निकै नै खस्किएको छ । अन्य राष्ट्रमा रहेको स्ट्याण्डर्ड चार्टड बैंक राम्रोसंग सञ्चालनमा रहेको भए पनि नेपालमा रहेको स्ट्याण्डर्ड चार्टड बैंक भने व्यवस्थापकीय कमजोरीका कारण खस्किदै गएको छ ।

    बैंकको व्यवस्थापन पक्ष कमजोर रहेको र कर्मचारीहरुको चरम श्रम शोषण गरिरहेको चार्टड बैंकलाई पछिल्लो समय ठुुला स्वदेशी तथा बिदेशी संस्थागत निक्षेपकर्ताहरुले समेत बिश्वास गर्न छाडेका छन् ।

    सोही आधारमा बैंकको कर्जा तथा निक्षेपमा सुधार आउन सकेको छैन, व्यवस्थापन खर्च निकै बढेर गएको छ । यसले गर्दा बैंकको नाफामा पनि हस आउन थालेको छ ।

    चौतर्फी रुपमा बैंकको बित्तीय अवस्था कमजोर बन्दै गएको बैंकको यही माघ सात गते हुुने ३२ औ बार्षिक साधारण सभामा बैंकको सञ्चालन एवं व्यवस्थापन पक्षबिच बैंक सञ्चालनका बिषयलाई लिएर बिवाद हुुन सक्ने देखिएको छ ।

    बिवादकारण हुुन सक्ने संभावित दुुर्घटनालाई ध्यानमा राख्दै बैंकले आगामी बार्षिक साधारण सभा आर्मी अर्फिसस क्लवमा राखेपनि बाद बिवादा बढन् सक्ने दावी केही लगानीकर्ताहरुले गरेका छन् ।

    व्यवस्थापकीय कमजोरी कै कारण पछिल्लो समय बैंकको प्रतिकित्ता सेयर मुल्य घटेर छ सय पाँच रुपैयाँमा झरेको, बजार पुंजी करण घट्दै गएको, खराव कर्जा बढेको लगायतका बिविध बिषयलाई बैकका लगानीकर्ताहरु बिच बिवाद हुुन सक्ने देखिएको छ । श्रोतका अनुसार बैंकको उच्च व्यवस्थापन सञ्चालक तथा व्यवस्थापन पक्षको बिचमा रहेको साधारण सभा अघि नै कसरी सहजीकरण गर्ने भन्नेमा जुुटेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…