• देबु बानियाँ
    धुलावारी, २७ पुस । झापा जिल्लाकै नमुना विद्यालयको पहिचान बनाएको धुलावारी माविको ६७ औँ वार्षिकोत्सव शुक्रवार सम्पन्न भएको छ । बार्षिकोत्सवको अवसर पारेर शिक्षा क्षेत्रमा योगदान गर्ने विभिन्न व्यक्ति, विद्यार्थी तथा उत्कृष्ट शिक्षकहरुलाई सम्मान गरिएको थियो । दिनानाथ शर्मा स्मृति उत्कृष्ट शिक्षकबाट मेचीनगर स्तरीय उत्कृष्ट शिक्षकमा बालसुबोधिनी आधारभूत विद्यालयका प्रधानाध्यापक विश्व थापालाई नगद १० हजार सहित पुरस्कृत गरियो । विदालयमा कार्यरत उत्कृष्ट शिक्षकहरु रमेश दाहाल र शान्ता श्रेष्ठलाई नगद ५ हजार सहित सम्मान गरियो । दिनानाथ शर्मा स्मृति छात्रावृतिबाट विद्यार्थीहरु विक्रम राउत, निकेश न्यौपाने, शर्मिला राजवंशी र दिपेश चौधरीलाई जनही १० हजारका दरले पुरस्कृत गरियो । पूर्व विद्यार्थी आशिष विक्रम नेम्बाङको स्मृतिमा स्थापना गरिएको आशिष विक्रम नेम्बाङ स्मृति छात्रावृतिबाट कक्षा १० बाट उत्कृष्ट हुने विद्यार्थीहरु राजु लुइइटेल र निमेश घिमिरे तथा कक्षा ९ बाट उत्कृष्ट हुने कामना खत्री र रिस्ता अधिकारीलाई अक्षयकोषका संरक्षक पंकज विक्रम नेम्बाङले जनही ५ हजारका दरले पुरस्कृत गरेका थिए । पद्ममाया चापागाई स्मृति अक्षयकोषबाट रोश्ना नेपाल र चादनी खातुनलाई जनही ५ हजारका दरले पुरस्कृत गरिएको थियो । समाजसेवी गोपाल चुँडालले स्थापना गरेको अध्यक्षकोषबाट सरस्वती तामाङलाई नगद ५ हजार प्रदान गरियो । विज्ञान संकायबाट उत्कृष्ट हुने प्रेक्षा तिम्सिनालाई नगद ५ हजार प्रदान गरियो । यसैगरी विद्यालयले आन्तरिक तर्फ विभिन्न विदाबाट उत्कृष् कार्य गर्ने ४ जना विद्यार्थीलाई जनही २१ सयका दरले पुरस्कृत गरेको छ । यसरी पुरस्कत हुनेहरुमा रोशन खतिवडा, अजय तामाङ, प्राप्ति खरेल र प्रेरणा ढुङ्गाना रहेका छन् ।
    यसैगरी, विद्यालयलाई विभिन्न समयमा साथ र सहयोग गर्ने प्राकृतिक दन्द्ध रुपान्तरण केन्द्रकी केन्द्रीय स्रोत व्यक्ति संगिता थापा, धुलावारी जेसीजका अध्यक्ष नारायण खनाल, विवेक निरौला, भेषराज कोइराला, देशलाल चौधरी, कृष्ण अबिरल, गृह लक्ष्मी सहकारी र काजी खड्कालाई समेत सोही समारोहमा सम्मान गरिएको थियो । साथै सोही समारोहमा अनिवार्य अवकास भएका शिक्षक विश्व प्रसाईलाई नगद र मायाको चिनो र सम्मानपत्रसहित विद्यालयले विदाई गरिएको थियो ।
    बार्षिकोत्सव समारोहमा शिक्षक तथा विद्यार्थीहरुले विभिन्न सामाग्रहरु प्रदर्शन गरेका थिए । उनीहरुले स्टल नै निर्माण गरी बाल क्लबको गतिविधि, पुराना सामाग्रीहरुको प्रदर्शन, चित्रकला प्रर्दशन, विज्ञान प्रर्दशनी, शैक्षिक प्रर्दशनी, खेलकुदबाट प्राप्त पुरस्कार तथा ट्रफी प्रर्दशन गरेका थिए । साथै विद्यालयमा कार्यरत शिक्षिकाहरुले संगिनी नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुको विभिन्न साँस्कृतिक नृत्य तथा साना नानीहरुले राइम्स प्रस्तुन गरेका थिए । सोही समारोहमा स्काउट र राष्ट्रिय सेवा दलका विद्यार्थीहरुले सलामीसहित प्रर्दशनी गरेका थिए । बिद्यार्थीहरुले बिभिन्न पुरातात्वीक महत्वका सामाग्री, परम्परात संस्कृति झल्कने सामाग्री, कृषि र बिज्ञानसंग सम्बन्धी बिभिन्न प्रविधिको प्रदर्शनी समेत गरको थिए ।
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश विक्रम नेम्बाङको सभापतित्व तथा प्रतिनिधि सभाका सांसद सुरेन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि प्रदेश सभा सांसद गोपाल बुढाथोकी, श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिकाका नगर प्रमुख विमल आचार्य, नगर शिक्षा समितिका प्रमुख उपसचिव उद्धव विष्ट, शिक्षक महासंघ मेचीनगरका अध्यक्ष लेखनाथ पौडेल (केशव) लगायतले बोलेका थिए । कार्यक्रममा उपमेयर मिना उप्रेती, मेची उद्योग बाणिज्य संघका अध्यक्ष पंकज विक्रम नेम्बाङ, स्रोत व्यक्तिहरु लोकबहादुर दाहाल, दीपेन्द्र कन्दङ्वा, आदर्श माविका प्रधानाध्यापक हेमकुमार खड्का, धुलावारीका पूर्व प्रधानाध्यापक रुद्र कुरुङमाङलगायत, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक प्रतिनिधि, सोही विद्यालयका पूर्व शिक्षक, विभिन्न सामाजिक संघ संस्थाका प्रमुखहरुको उपस्थिति रहेको थियो । विद्यालयका प्रधानाध्यापक महेन्द्रविलास लुइँटेलले विद्यालयको बार्षिक कार्यक्रम प्रस्तुत गरेका थिए । सहायक प्रधानाध्यापक तेजप्रसाद चौलागाईले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक मिलनकुमार ढुङ्गाना र रमेशकुमार दाहालले सयुक्त रुपमा गरेका थिए ।

    यस विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान, पशु विज्ञान, शिक्षा, व्यवस्थापन र मानविकि विषयको अध्यान अध्यापन हुँदै आएको छ । खेलकुद क्षेत्रमा समेत जिल्लाकै अग्रणी विद्यालयको रुपमा रहेको यस विद्यालयले जिल्लाको शैक्षिक विकासमा पुर्याएको योगदान अमुल्य रहेको छ । कक्षा नर्सरीदेखि कक्षा १२ सम्म आधुनिक र नया शैक्षिक योजनाका साथ पढाइ हुँदै आएको यो विद्यालय यस क्षेत्रकै एक अभिभावकको रुपमा रहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…