• देबु बानियाँ
    बाहुनडाँगी, २७ पुस । प्रदेश नं. १ को सांस्कृतिक, भाषिक, जातीय तथा पर्यटनका बजारयोग्य सम्पदाहरुलाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यका साथ बाहुनडाँगीमा ५ औँ एशियन ग्रामीण पर्यटन महोत्सव हुने भएको छ ।

    माघ ११ देखि १५ गतेसम्म ५ दिन मेचीनगर–४ स्थित बाहुनडाँगीमा सञ्चालन हुने उक्त महोत्सवमा नेपाल, भारत, भूटान लगायतका मुलुकको सहभागिता रहने महोत्सव आयोजक समितिका संयोजक अर्जुनकुमार कार्कीले जानकारी दिए ।

    काँकरभिट्टा स्थित होटल क्वालिटीमा पत्रकार सम्मेलन गरी महोत्सव सम्बन्धी उनले जानकारी दिएका हुन् । नेपाल भ्रमण वर्ष २०२० लाई समेत लक्षित गर्दै आयोजना हुने महोत्सवलाई मेचीनगर नगरपालिका, १ नं. प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड, त्रिभुवन विश्वविद्यालय, इसिमोड, बाहुनडाँगी जेसीज, ग्रीन जेनेरेशन, ट्राभल्स संघ झापा लगायतका संस्थाले सघाउने भएका छन् । महोत्सवमा ग्रामीण पर्यटनको विकासका लागि टुरिस्ट गाइड सम्बन्धी तालिम, गन्धर्व गायन प्रतियोगिता, चित्रकला प्रतियोगिता, लोकल परिकारहरुको स्टल विशेष आकर्षणको रुपमा रहने महोत्सवका प्रवक्ता प्रविन भण्डारीले बताए ।

    महोत्सवमा देशभित्र र भारतका समेत कलाकारहरुको सांगीतिक प्रस्तुति सहितको जमघट रहने जनाउँदै होमस्टे, मानव हात्ती द्वन्द्व व्यवस्थापन लगायतका जल्दोबल्दो विषयमा अनुभव आदान प्रदानको अवसर प्राप्त हुने ग्रीन जेनेरेशन झापाका महासचिव पुष्कर ढकालले बताए । ग्रामीण पर्यटनको माहोल तयार पार्दै मुलुकले पर्यटनमार्फत समृद्धिको लक्ष्य पूरा गर्न महोत्सव कोशेढुंगा सावित हुने ट्राभल्स संघ झापाका अध्यक्ष नीरबहादुर कार्कीले दाबी गरेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…