• काठमाडौं । राष्ट्रिय एकता दिवस एवं २७९औँ पृथ्वीजयन्तीको अवसरमा झापाको गौरादहमा आयोजित एक कार्यक्रममा बहुमतको सरकार भएपनि बिभिन्न रवैया र अलोप्रिय कामले आजित जनताहरुले देशमा राजा सहितको प्रजातन्त्रको भल्को दिएका छन् ।
    पृथ्वी जयन्तीमा आयोजक शिव सेना भन्दा विभिन्न दल तथा सचेत नागरिकहरुको जमात निक्कै देखियो । शिव सेना नेपालका झापा जिल्ला संयोजक तथा केन्द्रीय सदस्य केदार खड्काको अगुवाईमा भएको उक्त कार्यक्रममा पृथ्वीनारायाण शाहलाई तस्बिरमा फूलगुच्छा र अविर लगाउदैं स्थानीयले राजा आउ देश बचाउको झल्को दिएका थिए । यद्यपि, देशका प्रमुख दलका प्रतिनिधी पनि कार्यक्रममा सहभागि भएकाले अदृश्य रुपमा बेजोड सहयोग गरे ।


    साँसद र दलहरुलाई जनताले पाल्दा नि केहि कायापलट देखिएन, कार्यक्रममा सहभागि भन्दै थिए, बरु राजा हुँदा नै देशको आर्थिक भार जोगिएको थियो, विकास पनि भईरहेको थियो । उहाँहरुले सरकारको दम्भ र प्रतिपक्षको लडाईले देश डामाडोल भईरहेको चिन्ता प्रकट गर्नुभयो । पृथ्वी नारायाण शाह नभएको भए देश अंग्रेज मुलुकको भईसक्ने कार्यक्रममा सहभागिहरुको. दावी थियो । कार्यक्रमको माहौलले देशमा राजसंस्था खोजिरहेको आवास दिएपनि त्यहा एउटा प्रश्न तेर्सिएको थियो, सहभागिहरुले भने, के अब देशमा राजा आउन सम्भव होला ?
    झापा जिल्ला संयोजक केदार खड्काले मनसाय बुझ्दै भन्नुभयो, तपाईहरु सबै आफ्ना दलमा कारिन्दा हुनुहुन्छ, कोहि पार्टी जाति भन्दा माथि उठेर पनि काम गरिरहनुभएको छ । जनताले फ्यालेको राजतन्त्र जनताले नै चाँहे भने आउन सक्छ । किनकी अहिलेको दलदेखी जनता आजित छन् ।
    राष्ट्रको एकता, सार्वभौमसत्ता र स्वाभिमान जोगाउन शाहले महत्वपूर्ण भूमिका खेलेको संयोजक खडेकाले उहाँले स्मरण गर्नुभयो । आजको दिनमा बिदा कटौती हुनु दुखद् रहेको उल्लेख गर्दै उहाँले यसको पुनः व्यवस्था गराउन लागि पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, राष्ट्रिय एकीकरण गरेकाले हामीले नेपालीको रुपमा गौरव गर्ने अवसर पाएका छौँ, त्यसकारण उहाँप्रति ठूलो सम्मान छ ।”

    विसं २०६२÷६३ को आन्दोलनपछि वातावरण त्यस्तै बनेकाले उहाँको सम्झना कम भएको भन्दै खड्काले जस–जसले योगदान गरे उनीहरुलाई सम्झनुपर्नेमा जोड दिनुभयो । बिदा कटौती गरेर देशमा नराम्रो सन्देश छरिएको बताउदैं आफ्नो देशको सनातन धर्म भुलेर विदेश धर्म भित्रीउन दलहरु विदेशीको एजेण्ड भएको उहाँको आरोप थियो । कार्यक्रममा सहभागीले पृथ्वीनारायणको योगदानलाई सम्झनेको जमात बढ्दै गएको आभास दिलाएका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…