• देबु बानियाँ
    बाहुनडाँगी । यो पुसको कठाङ्ग्रिने जाडो । अनि धनकुटाको त्यो चिसो सिटेटो । अत्यन्तै कमजोर आर्थिक अवस्था भएका अभिभावकहरुका बच्चा अध्ययन गर्ने धनकुटा जिल्लाको उत्तरपानी आधारभूत विद्यालय । त्यसमाथि पनि बौद्धिक अपाङ्गता भएका बच्चाहरु अध्ययन गर्ने विद्यालय । यस विद्यालयमा प्रस्तावित धनकुटा लेडी जेसीजको नजर पुग्यो । अनि त्यहाँको वास्तविक समस्याको पहिचान गरेर धनकुटा बजारमा अर्थ संकलनमा जुट्यो लेडी जेसीज । जसले समाजमा सकरात्मक काम गर्नका लागि अघि बढ्छ उसलाई साथ दिने मनकारी दाताहरुको पनि उत्तिकै जन्मिन्छन् यो समाजमा । यो कार्यमा धनकुटाबासीले स्वतस्र्फूत आफुले सक्दो सहयोग गर्नु भयो । अनि संकलन भएको रकमले आफ्नो जीवन समेत बुझ्न नसकेका अबोध बालबालिकाहरुको चहराइरहेको घाउमा महलम लगाउनका लागि पुग्यो लेडी जेसीजको टोली त्यस विद्यालयमा ।
    त्यहाँ पुग्दाको दृष्य समेत फरक देखिन्थ्यो । बाहिरी हेर्ने नजर फरक भए पनि भित्री बास्तविकताको कथा भने पृथक थियो । नयाँ मान्छे आएको देखेपछि कोही नमस्ते गर्दै अगाडी आउँदै, कोही एक टकले हाँसीरहन्थे । अनि कोही डरले भाग्थे । कोहीको जिउमा ढाक्ने पुरा कपडा थिएन त कसैको भएको पनि थुप्रै ठाउँमा प्वाल परेका थिए ।

    प्रस्तावित धनकुटा लेडी जेसीजले त्यहाँ पुगेर अध्यनरत ३७ जना छात्रछात्राहरुलाई जाडोमा न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको छ । । जाडोमा न्यानो कपडा र शैक्षिक सामाग्री पाएपछि छात्रछात्रा खुशीको आँसु आयो । उनीहरुलाई त्यो कठ्ङ्ग्रीने जाडो छल्नलाई १५ थान व्लाङकेट, लेख्न र पढ्नलका लागि कापी ३ दर्जन, कलम ३ दर्जन र पेन्सिल ४ दर्जन, इरेजर, कटर अनि आङ् छोप्ने कपडा र पेट भर्नका लागि केही खानेकुरा प्रदान गरिएको थियो ।
    ‘मानवताको सेवा नै जीवनको सर्वाेत्तम कार्य हो’ शाखा अध्यक्ष प्रमिशा श्रेष्ठ थापाले भन्नु भयो–‘यहाँ अध्ययनरत बच्चाहरुको मार्मिक अवस्था देखेपछि केही गर्नु पर्छ भन्ने लागेर आयो र साथीहरुसँग सल्लाह गरेर यो अभियानमा जुट्यौँ । यसमा सबैको साथ र सहयोग पनि उत्तिकै रहयो । जेसीज आफैमा सामाजिक सेवामा समर्पित संस्था हो । हाम्रो उदेश्य नै समाजको सेवा हो । यसैले यी अबोध बच्चाहरुका लागि थोरै भए पनि राहत होस् र पढाइमा थोरबहुत सहज होस् भन्ने उदेश्यले आएका हौँ । यो कामले हामीलाई अत्यन्तै धेरै आत्मा सन्तुष्टि मिलेको छ ।’

    उक्त सामाग्री शाखा अध्यक्ष प्रमिशा श्रेष्ठ थापा, महासचिव सावित्रा राईलगायतको टिमले संयुक्त रुपमा विद्यालयका प्रधानाध्यापक उत्तम खड्का शिक्षक कमला दाहाल र अम्बर घिसिङलाई वितरण गरेका थिए । अध्यक्ष थापाले यसमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा साथ र सहयोग गर्ने धनकुटाबासी र सबै शाखाका पदाधिकारीहरुप्रति आभार व्यक्त गर्नु भयो ।
    धुनकुटा बजारमा क्रियाशील महिलाहरुको पहल तथा तरहरा जेसीजको मातृत्वमा स्थानीय क्रियाशील महिलाहरुको व्यक्तित्व र नेतृत्व विकाससँगै सामाजिक क्षेत्रमा काम गर्ने उदेश्यका साथ स्थापना भएको धनकुटा लेडी जेसीजले यो एक वर्षको अवधीमा एक वर्ष अवधीमा विभिन्न सिपमुलक तालिम, सरसफाइ, वृक्षारोपण, महिला बालबालिका वृद्धा अपाङ्ग लगायत विविध सामाजिक क्षेत्रमा कार्यगर्दै आइरहेको छ ।
    गत पुस ७ देखि ९ गतेसम्म जनकपुरमा भएको नेपाल जेसीजको ४५ औँ राष्ट्रिय महाधिवेशनबाट प्रस्तावित भएर वर्ष २०१९ का लागि नेपाल जेसीजबाट स्वीकृति लिने तयारीमा रहेको यो शाखा उदाउँदै गर्दा उत्कृष्ट कार्य गर्न सफल हुँदै आएको छ ।
    यो वर्ष देशभरबाट ९ वटा शाखा र क्षेत्र क बाट दुई वटा शाखाले स्वीकृत प्राप्त गरेका थिए । जसमध्ये यो शाखा पनि एक हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…