• उर्लाबारी । सार्वजनिक सवारी साधनहरु कम्पनिमार्फत सञ्चालन हुनु पर्ने सरकारी नियमलाई शिरोपर गर्दै अटो सवारी पनि कम्पनि रजिष्टार कार्यालयमा दर्ता गरिन थालेको छ । यसअघि सार्वजनिक यातायातका ठुला साधन मात्र कम्पनि ऐनमा समेटिएका थिए । बिधिवत प्रक्रिया पुरा गरी उर्लाबारीमा सीमसार यातायात प्रालि सञ्चालनमा आएको हो ।
    उर्लाबारी ३ मंगलबारेमा मुख्य कार्यालय राखेर अटो सेवा शुरु गरेको सीमसार यातायात प्रालिका संयोजक प्रकाश चौधरीले बताए । उनका अनुसार सीमसार यातायात प्रालिले सय वटा अटो मार्फत यात्रुलाई सेवा दिदै आएको छ । सार्वजनिक सवारीको पहुँच नपुगेको ग्रामीण भेगका यात्रुलाई सहज रुपमा गन्तव्यमा पुर्याउन सीमसार यातायात प्रालि प्रतिबद्ध रहेको चौधरीको भनाई छ । भाडामा एकरुपता र चौबिसै घण्टा अटो सन्चालन अबस्थामा रहने पनि उनले बताए । यस्तै,सीमसार यातायत प्रालिले दुर्घटना विमा,चालकको जीवन विमामा पनि टेवा पुग्ने कार्य गर्नेछ । र,सीमसारहरुको शहरको रुपमा परिचित उर्लाबारी नगरको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउन बिभिन्न सामाजिक कार्यहरु पनि गर्ने जनाइएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…