• अर्जुन जम्नेली राई मोरङ ।

    संघीय कानुनमन्त्री भानुभक्त ढकालले प्रदेश सरकारको गौरवको योजना अनुसार मोरङको पथरीशनिश्चरे नगरपालिका—१० मा आदिवासी जनजाति सङ्ग्राहलय नै बन्ने बताएका छन् । आज (शनिबार) मोरङको पथरीमा आयोजित भेटघाटको क्रममा मन्त्री ढाकालले चुनावमा बोलेको कुरा पुनः दोहो¥याएका हुन् । मोरङ ३ नम्बर क्षेत्रमा चुनाव लड्ने क्रममा ढकालले आफूले जितेमा सो क्षेत्रमा आदिवासी जनजाति सङ्ग्राहलय बनाउने पटक—पटक प्रतिबद्धता जनाएका थिए । चुनावी सभाहरुमा किरात राई समुदायको साकेला, लिम्बूको च्याब्रुङ लगायतको आदिवासी जनजातिको गीत तथा न्यृत्य प्रयोग भएको थियो ।

    प्रदेश सरकारले जातीय सङ्ग्राहलयको लागि भन्दै ५० लाख रकम विनियोजन गरेको छ । सम्भाव्यता अध्ययनको लागि चण्डीप्रसाद राईको संयोजकत्वमा १७ सदस्यीय कार्यदलसमेत गठन भइसकेको छ । भुटानी शरणार्थी बसेको खाली क्षेत्रमा केही दिन अघि प्रदेशको सामाजिक मन्त्री जीवन घिमिरे आएर सो क्षेत्रमा नक्कली पाथिभारा, वराहक्षेत्र र हलेसीसहितको तीन धाम बन्ने घोषणा गरेपछि स्थानीय आदिवासी जनजाति समुदायले पत्रकार सम्मेलनको आयोजना गरेर असन्तुष्ट व्यक्त गरेका थिए । किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, गुरुङ, तामाङ, धिमाल, मगर लगायतको सामाजिक संस्थाका अगुवाहरुले उक्त क्षेत्रमा आदिवासी जानजाति सङ्ग्राहलय नै बन्नु पर्ने भन्दै मन्त्री भानुभक्त ढकाललाई ज्ञापनपत्र बुझाएका थिए । यायोक्खा मोरङ जिल्ला अध्यक्ष नवीन राई लगायतको टोलीले ज्ञापनपत्र बुझाएपछि मन्त्री ढकालले आदिवासी जनजाति सङ्ग्राहलयनै बन्ने बताएका हुन ।

    निर्वाचनमा आफूले आदिवासी जनजाति सङ्ग्राहलय बनाउने प्रतिबद्धता गरेको स्वीकार्दै वचनबद्धता पुरा गरिने बताए । प्रदेशकै गौरवको योजनाको रुपमा आदिवासी जनजाति सङ्ग्राहलय बन्ने मन्त्री ढकालले बताए । फरक प्रसंगमा मन्त्री ढकालले संघ, प्रदेश र स्थानीय सरकार नेपाल कम्युनिष्ट पार्टी(नेकपा)कै भएको बेला सबै लागेर विकासको काममा लाग्नुपर्ने बताए ।

    तलदेखि माथिसम्म संगठित रुपमा जनताको काम गर्नुपर्ने बताए । संघीय संसदले १६५ वटा कानुन निर्माण गरेको र अव बैशाखसम्म भूमि सम्बन्धी कानून बनाएर सुकुम्बासी तथा दोहोरो स्वामित्वको जग्गाको समस्याबारे समाधान गरिने बताए । वाइडबडी विमान कान्डमा प्रतिपक्षी कांग्रेसले गलत प्रचार गरेको आरोप लगाउदै छानविनमा दोषी ठहरभए कारबाहीहुने बताए । लेखा समितिको संयोजक कांग्रेस भएकाले नेकपा नेतृत्वको सरकार विरुद्ध योजनाबद्ध प्रचार भइरहेकोप्रति जनतामा भ्रम पर्न नहुने बताए । सरकारको मन्त्रीलाई तुरुन्त कारबाही गर्नुपर्छ भन्ने कांग्रेसहरु सभापति शेरबहादुर देउवा मुछिएपछि भने नामहरु आउछन जान्छन भन्न थालेको मन्त्री ढकालको भनाइ थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…