• विराटनगर,पुस २८ । स्थानीय चिसाङ खोलाबाट नदीजन्य पदार्थ निकासी गर्ने ट्याक्टर र ट्रिपरबाट अवैध चन्दा असुलीमा संलग्न भएको आरोपमा कानेपोखरी ५ का वडाध्यक्ष चरणसिंह गुरुङविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।

    मोरङ प्रहरीले उनको नाममा शुक्रबार पक्राउ पुर्जी जारी गरेको हो । पुर्जी जारी गरेसँगै वडाध्यक्ष गुरुङ भूमिगत भएका छन् । कानेपोखरी ५ का अध्यक्ष पूर्व एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

    कानेपोखरी–५ र बेलबारी ८ को बीचमा पर्ने समिर नाका र शान्ति टोल नाकाबाट चिसाङ खोलाबाट ढुंगा, गिटी, र बालुवा निकासीमा अवैध चन्दा असुल गरी गुरुङको संलग्नता देखिएपछि प्रहरीले पूर्जी जारी गरेको मोरङका प्रहरी प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

    प्रहरीले ५ दिन अघि सोही ठाउँमा चन्दा असुल गर्ने कानेपोखरीका रोशन दनुवार र जितन चौधरीलाई पक्राउ गरी चन्दा ऐन अन्तर्गत मुद्दा दायर गरेको थियो । चन्दा असुली गर्ने दुवै जनालाई धरौटीमा रिहा गरिएको छ । उनीहरु विरुद्धको मुद्दा मोरङ अदालतमा विचाराधिन अवस्थामा छ ।

    गुरुङले कानेपोखरी–५ का चिसाङ नदी कटान क्षेत्र पूर्वाधार पीडित गाउँ उपभोक्ता समितिका नाममा नम्बरी जग्गा संरक्षण तथा विकास निर्माणको सहयोगार्थ भन्दै रसिद बनाएर ट्याक्टर र ट्रिपरबाट पैसा असुल गर्न पत्रै दिएका थिए ।

    गुरुङले प्रति ट्रिपर चन्दा स्वरुप १ सय रुपैयाँसम्म स्थानीय उपभोक्तालाई दिनुपर्ने क्रसर उद्योगी र सर्वसाधारणसँग सहमति गराएका थिए । गुरुङ आफैं क्रसर व्यवसायी हुन् ।

    यसअघि पनि पदको दुरुपयोग गरी अवैध ढंगले नदीजन्य वस्तुको निकासी गर्ने गरेको स्थानीयको आरोप छ । चन्दा असुलीको आरोपमा दुई जना पक्राउ परेको विषयमा स्थानीयले विरोध गर्दै खोलाबाट खोलाजन्य पदार्थ निकासीमा रोक लगाएका छन् ।

    गत २०७४ असोज २३ गते गुरुङकै अध्यक्षतामा बसेको स्थानीय उपभोक्ता समितिको बैठकले विभिन्न ७ वटा सहमति गरेको थियो । सहमति अनुसार खोलाको दुरु ३० मिटर मात्र खन्ने, जहदा डिक बहादुर राईको घरबाट खोलाको दुरु ३० मिटर मात्र खन्ने, जहदा डिकबहादुर राईको घरबाट काम सुरु गर्ने, नाका पिच्छे लोकल÷स्थानीयलाई रु.५० स्थानीय भन्दा बाहिरको लाई रु.१०० लिने, समय घाम झुल्केदेखि घाम अस्ताउन्जेल खन्ने, खोलामा संकेत गरेको चिन्ह भन्दा बाहिर खनेमा रु. ५ हजार जरिवाना लिने र खोलाको ढुंगा बाहिर विक्री गर्न नपाइने उल्लेख छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…