• ईटहरी/ बच्चा हुदा हामिले पेन्सिल प्रयोग गर्दै विभिन्न चित्र बनाउथ्यौ । त्यो बेलाको सिकाई र बिग्रदा पनि खुसी हुदाको आनन्द अहिले सम्झदा निक्कै रमाईलो लाग्छ । त्यही बालापनाको सिकाई अहिले पेशा हुन्छ भन्ने सोच धेरै कममा हुन्छ । तर जस्लाई प्रमाणित गरेका छन निरज कुईकेलले । उनले सो सिकाईलाई अहिले आफ्नो पेशाको रुपमा बदल्दै गएका छन् । सामाजिक सन्जालमा स्केच बनाउदै सार्बजनिक गरे पश्चात् सबैबाट तारिफ पाएपछी यसैलाई अघि बढाउने सोच रहेको निरज बताउछन् । हेर्नुस उनी संग उनको स्केच सहित गरिएको कुराकानी ।

    नेपालमा कला भए सो लाई सकारात्मक प्रयोग गरेर बाच्न सकिन्छ । जस्को उदाहरण बनेका छन् स्केच आर्टिस्ट निरज । उनले नायिका प्रीयंका कार्की, गायिका ईन्दिरा जोशी, नेपाल आईडल २ का सेकेन्ड रनरअप सुमित पाठक लगायत थुप्रैको स्केच कोरेका छन् ।

    यी सबैलाई पठाएपछि हेरेर सबैले तारिफ गरेको भएपनि ईन्दिराको स्केच भने अझै पनि उनको हातमा पुर्याउन नसकेको उनी बताउछन् । स्केच बनाउन सुरु गरेदेखी उनलाई उनको कलाको सम्मान गर्दै पैसा तिरेर आफ्नो स्केच बनाउन सम्पर्क गर्छन् । नेपाल मात्र हैन देश बाहिर रहेका नेपालीहरुले पनि आफ्नो स्केच बनाउनको लागि सम्पर्क गर्ने गरेको निरजको भनाई छ ।

    https://www.youtube.com/watch?v=i7igSJtO77M

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…