• धनकुटा  । बिचौलियाको सिण्डिकेटले किसानले उत्पादन लागत अनुसारको मूल्य पाएका छैनन् भने उपभोक्ताले महँगोमा किन्नुपरेको छ । उत्पादनको मुख्य सिजनमै बिचौलियाका कारण सुन्तलाको बजार प्रभावित बनेको छ ।

    बजारमा प्रति किलो एक सय ५० रुपैया सम्म विक्रि हुने सुन्तला किसानले भने प्रतिकिलो ५० रुपैयाँ पनि नपाएपछि धनकुटा तीन कागतेका रमेश घिमिरेले ६ रोपनीमा फलाएको सुन्तला बिक्री गर्न सकेका छैनन् । बगैँचादेखि बजारसम्म तहतहको जालो बनाएर बसेका बिचौलियाका कारण ठूला ब्यापारी किसानको बगैँचासम्म नपुगेको उनको गुनासो छ धनकुटा ३ कागतेका किसान रमेश घिमिरे ।

    किसान आफै ठूला ब्यापारी र बजारसँगको सोझो सम्पर्कमा छैनन् । यसले अन्य कृषि उपजमाझै सुन्तलामा पनि बिचौलियाको ठगी छ । किसानले पाउने दर र बजार मूल्यबीच ठूलो अन्तर रहेको किसानको भनाइ छ ।

    औषत हिसाव गर्दा, धनकुटामा उत्पादित ५१ लाख ८४ हजार किलो सुन्तला बिक्रीबाट उत्पादकले सरदर २५ करोड ५० लाख रुपैयाँ मात्रै पाउँछन् । तर, बिचौलियाले बिना जोखिम र मेहनत त्यही सुन्तलाबाट उत्पादकको भन्दा दोब्बर लाभ लिन्छन् । सुन्तला किसान जितेन्द्र राई ।

    किसान र ठूला ब्यापारीबीच सीधा बजार सम्पर्क स्थापित गरेर उत्पादक र उपभोक्ता दुबैमाथि भइरहेको ठगी रोक्न सरकारी निकायको ध्यान पटक्कै गएको छैन । एक किलो सुन्तलामा देखादेखि एक सय रुपैयाँसम्म नाफा लिइरहेका बिचौलियाको जालो तोड्न सम्बन्धि निकायको ध्यान जान जरुरी देखिन्छ ।

    https://www.youtube.com/watch?v=ukKYtoVlbdI

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…