• पुस २८, काठमाडौँ । सरकारका गलत कृयाकलापका विरुद्ध नेपाली कांग्रेसको भातृसंगठन नेपाल तरुण दलले सातै प्रदेशमा विरोध प्रदर्शन गर्ने भएको छ । प्रमुख प्रतिपक्षी दलसमेत रहेको सरकार विरुद्ध तरुण दललाई सडकमा उतार्ने भएको हो ।

    शनिबार तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले एक विज्ञप्ति जारी गर्दै वर्तमान कम्युनिष्ट सरकारको अधिनायकवादी चरित्रविरुद्ध सातै प्रदेशमा विरोध प्रदर्शन गर्ने जानकारी दिएका छन् ।

    तरुण दलले कम्युनिष्ट सरकारको अधिनायवाद चरित्र, भ्रष्टाचार, महंगी, मूल्यवृद्धि, वाइडबडी र निर्मला पन्त हत्या प्रकरणलगायतका गैरकानुनी र अलोकतान्त्रिक रबैयाको विरोधमा सातै प्रदेशको राजधानीमा विरोध प्रदर्शन गर्ने शाहीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    कहिले कहाँ हुँदैछ कार्यक्रम ?
    माघ ८ गते प्रदेश १ को विराटनगर

    माघ ९ गते प्रदेश २ को जनकपुर

    माघ १० गते प्रदेश ३ को हेटौंडा,

    माघ ११ गण्डकी प्रदेशको पोखरा

    माघ १२ गते प्रदेश ५ को भैरहवा

    माघ १३ कर्णाली प्रदेशको सुर्खेत

    माघ १४ सुदूरपश्चिम प्रदेशको धनगढी

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…