• झापा । सुदूर पूर्वको मेची नेत्रालय काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर यहाँ जारी तेस्रो सुदुरपश्चिम खप्तड गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।धनगढी रंगशालामा शनिबार सम्पन्न पहिलो क्वाटरफाइनलमा काकरभिट्टाले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई २–१ ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । काकरभिट्टाका लागि विश्वास श्रेष्ठ र विकास थुलुङले गोल गरे । एपिएफलका लागि युवराज खड्काले गोल गरेका थिए । खेलमा काकरभिट्टाका विश्वास श्रेष्ठ म्यान अफ द म्याच घोषित भए ।काकरभिट्टाले अब सेमिफाइनलमा च्यासल युथ क्लब र रुस्लान थ्रीस्टार क्लबबीचको बिजतोसँग माघ २ गते भिड्नेछ । प्रतियोगिता अन्तरगत आइतबारको दोस्रो क्वाटरफाइनल खेल नेपाल पुलिस क्लब र लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबबीच हुने आयोजकले जनाएको छ ।सुदुरपश्चिम ११ स्पोर्टस् क्लब धनगढीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २१ लाख प्राप्त गर्नेछ भने उपविजेताले १० लाख हात पार्नेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…