• भद्रपुर । प्रदेश सभाका सांसद बसन्त बानियाँले शैक्षिक क्षेत्रको विकास नभइ समृद्ध राष्ट्र निर्माण नहुने बताएका छन् । भद्रपुर नगरपालिका–८ स्थित पृथ्वी आधारभूत विद्यालयले स्वर्ण महोत्सवको उद्घाटन गर्दै सांसद बानियाँले शैक्षिक विकास भए मात्र समृद्ध देश निर्माण हुने बताएका हुन् ।
    ‘शिक्षामा परिवर्तन हुन जरुरी छ’ कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बानियाँले भने –‘अब परम्परागत शिक्षा होइन आधुनिक शिक्षामा सबैको ध्यान जानु पर्छ । समयको मागसँगै शिक्षमा परिर्वतन हुन जरुरी भएको छ ।’
    उनले सरकारले शिक्षामा लगानी गरेर सबै सामुदायिक विद्यालयहरुलाई उत्कृष्ट बनाउने अभियानमा लागेको बताउँदै त्यस कार्यमा साथ दिन सबै सामुदायिक विद्यालयलाई आग्रह गरे । सांसद बानियाँले पृथ्वी आधारभूत विद्यालयको स्तरोउन्नतीका लागि ५ लाख सहयोग गर्ने समेत जानकारी दिए
    कार्यक्रममा सांसद ओमप्रकाश सरावगीको विशेष आतिथ्यतामा स्वर्ण महोत्सवका अवसरमा विद्यालयलाई सहयोग गर्ने विभिन्न दाताहरुलाई सम्मान गरियो भने साँस्कृतिकलगायत अन्य विविध कार्यक्रम प्रस्तुत गरिएको थियो ।
    सो कार्यक्रममा विद्यालयले वर्ष उत्कृष्ट शिक्षिकाका रुपमा रमा गौतम तथा समाजसेवीहरु राजेन्द्र घिमिरे, भेषराज ढकाल, दिनबन्धु गोयल, टिकाराज ढकाल, गङ्गा ओली, शारदा ओलीलगायत २२ जना दातालाई सम्मान गरियो । प्रमुख अतिथि एवम् सहभागी अन्य अतिथिले सम्मानित व्यक्तित्वलाई दोसल्ला र सम्मान पत्र प्रदान गरे भने विद्यालय परिसरमा स्वर्ण स्तम्भ तथा सरस्वतिको मूर्ति समेत अनावरण गरियो ।
    कार्यक्रममा ४२ जना विद्यार्थीहरुलाई पोशाक वितरण गरियो भने गत वर्षको वार्षिक परीक्षामा कक्षा १ देखि ७ सम्म प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालध्वज कार्कीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै विद्यालयले निकट भविष्यमा अङ्ग्रेजी माध्यमबाट पढाई सञ्चालन गर्ने योजना रहेको बताउँदै विद्यालयलाई थप दरबन्दी आवश्यक रहेको बताए ।
    कार्यक्रममा प्रमुख अतिथि सांसद् बानियाँ, सांसद् सरावगी, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, भद्रपुर शिक्षक महासङ्घका नगर अध्यक्ष गणेश गिरी, राजेन्द्र घिमिरे, भक्त खवास, दिनबन्धु गोयल, भद्रपुर नगर शिक्षा शाखाका अधिकृत दिनेश नेउपाने, वीरेन्द्र माविका प्रधानाध्यापक टङ्कनाथ पाण्डेलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
    पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवशको सन्दर्भमा प्रमुख अतिथिलगायत अन्य अतिथिले विद्यालय परिसरमा अवस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका थिए । विद्यालयका प्रधानाध्यापक नवकुमार रायको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सञ्चालन शिक्षिका रमा गौतमले गरेकी थिइन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…