• देबु बानियाँ
    धुलाबारी, २८ पुस ÷ मेची उद्योग वाणिज्य संघ धुलाबारीको निर्वाचन शनिबार सम्पन्न भएको छ । निर्वाचनमा ८८ प्रतिशत मत खसेको छ । कुल १ हजार ३ सय ७५ मतदाता रहेको उक्त निर्वाचनमा कुल १ हजार २ सय १४ मत खसेको निर्वाचन समितिका संयोजक अशोक पोखरेलले बताए । चुनावका लागि नेकपा र काँग्रेसको प्यानल कडा प्रतिस्पर्धामा उत्रिएको छ । निर्वाचनको मतगणना भने आइतवार बिहान ९ बजेबाट सुरु गरिने निर्वाचन समितिका सदस्य पदम डाँगीले बताए ।
    ्निर्वाचनमा नेपाली काँग्रेस र राप्रापाको लोकतान्त्रिक प्यानल तथा नेकपा, संघीय समाजवादी फोरम, लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान नेपाल र राप्रपा प्रजातान्त्रिकको गठबन्धन संयुक्त व्यवसायी प्यानल चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । जसमा संयुक्त व्यवसायी र लोकतान्त्रिक प्यानलबाट ३३ जनाको उम्मेद्वारी परेको पोखरेलले जानकारी दिए ।
    नेकपासहितको संयुक्त व्यवसायी प्यानलबाट उद्योग उपाध्यक्ष र महिला उपाध्यक्ष संघीय समाजवादी फोरमको भागमा छ भने एउटा खुला सदस्य पदमा लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान नेपाललाई दिएको छ । अन्य सवै पद नेकपाको भागमा छ ।
    नेकपाबाट अध्यक्षमा ऋषिराज तिम्सिना लगायतको संयुक्त व्यवसायी टिम चुनावी मैदानमा छ । वरिष्ठ उपाध्यक्षमा तेजराज प्रसाई, उद्योग उपाध्यक्षमा लक्षेन्द्रप्रसाद यादव (संघीय समाजवादी फोरम) वाणिज्य उपाध्यक्षमा गोपाल गुप्ता, महिला उपाध्यक्षमा मीरा कार्की (संघीय समाजवादी फोरम) र महासचिवमा भुपाल ओली उम्मेद्वार छन् ।
    त्यस्तै, महिला सदस्यहरुमा बबिता पौडेल र अञ्जु थापा, खुला सदस्यमा झलककुमार पौडेल, लीलानाथ आङदम्बे, (लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान नेपाल) दीपेन्द्रराज पाण्डे, ललितकुमार अग्रवाल, वीरबहादुर गजवीर, केपी शिवाकोटी, श्रीप्रसाद सिटौला, र मानबहादुर गिरीको उम्मेद्वारी छ भने राप्रपा प्रजातान्त्रिक पार्टीको नेकपालाई समर्थन रहेको छ ।
    यता, लोकतान्त्रिक प्यानलको गठबन्धनले वाणिज्य उपाध्यक्ष, एकजना महिला सदस्य तथा दुईजना खुला सदस्य गरी चार पद राप्रपालाई दिएको छ भने बाँकी सवै पदमा नेपाली काँग्रेसले आफ्ना उम्मेद्वार खडा गरेको छ । लोकतान्त्रिक प्यानलको गठबन्धनले पुनीत वंशललाई अध्यक्ष, वरिष्ठ उपाध्यक्ष पदमा मोहन निरौला, उद्योग उपाध्यक्षमा किशोर क्षेत्री, वाणिज्य उपाध्यक्षमा कल्याण खड्का (राप्रपा) तथा महिला उपाध्यक्षमा बीना तामाङ र महासचिवमा धूर्व कनालको उम्मेद्वारी छ ।
    महिला सदस्यमा शारदाकुमारी पराजुली (राप्रपा) र झुनादेवी बानियाँ, खुला सदस्यतर्फ रविचन्द्र नेपाल, भूमि पौडेल, ललितकुमार बोहोरा, सन्दिप ओली, उमानाथ सुवेदी, विपेन्द्र लामा, हुमनाथ वराल र राजुकुमार पोद्दार (राप्रपा) का उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन् ।
    वाणिज्य संघको निर्वाचनबाट २१ वर्षको इतिहास तोड्ने दाउमा नेकपा लागेको छ भने स्थापना कालदेखिको विरासतलाई जोगाउने धाउन्नमा कांग्रेस रहेको छ । कांग्रेसको किल्ला मानिएको यो संस्था नेकपा तोड्ने गरी लागि परेको छ ।
    निर्वाचनमा बिहानै देखि पार्टीका जिल्ला तथा केन्द्रीय स्तरका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो । नेकपाबाट सांसद बनेका गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली, पूर्व सांसद रविन कोइराला, मेचीनगरकी उपमेयर मिना उप्रेती, नेता विष्णु प्रसाई, विभिन्न वडाका वडा अध्यक्षलगायतको सहभागिता रहेको थियो । यता कांग्रेसका जिल्ला उपसभापति राम कटेल, मेचीनगरका मेयर बिमल आचार्य, भरत लिम्बु, ताराबिर कटुवाल, केशवराज पाण्डे, पंकजविक्रम नेम्बाङ, विजय डालमियालगायतको बाक्लो उपस्थिति रहेको थियो ।
    मिनि निर्वाचनका रुपमा हेरिएको यो निर्वाचनले आगामी ३ वर्षका लागि नेतृत्व चयन गर्दै छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…