• बाहुनडाँगी, २८ पुस । मानव हात्ती दन्द्ध व्यवस्थापन तथा वातावरण संरक्षण मञ्च बाहुनडाँगीको दोस्रो बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । सामुदायिक हलमा सम्पन्न साधारणसभाको उद्घाटन प्रदेश सभाका सांसद राम कार्कीले गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै सांसद कार्कीले बाहुनडाँगीको हात्ती आताङलाई दीर्घकालिन समाधान गर्न विशेष योजना ल्याउने र त्यसका लागि आवश्यक बजेट ल्याउने बताए । उनले वन मन्त्रालय सम्म पुगेर यहाँको वास्तविकताका विषयमा जानकारी गराइएको र वन मन्त्रालयबाट समेत यसलाई महत्वका साथ हेरिएको बताए ।
    मञ्चका अध्यक्ष हरिप्रसाद उप्रेतीको सभापतित्व तथा सांसद राम कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेश सांसद श्रीप्रसाद मैनाली, मेचीनगरका प्रमुख विमल आचार्य, जिल्ला वन कार्यालयका प्रमुख विष्णु घिमिरे, मेचीनगर ४ का वडा अध्यक्ष नविन बराल, बाहुनडाँगी नागरिक समाजका अध्यक्ष निलकण्ठ तिवारी, भकुटी खानेपानी संस्थाका अध्यक्ष दिपक बराललगायतले बोलेका थिए । कार्यक्रममा साना किसान सहकारीका पोषक मोते, जीवन मोते, सनत अधिकारी, गोविन्द न्यौपानेलगायतको सहभागिता रहेको थियो । भावना अधिकारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव शान्तप्रसाद न्यौपानेले गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…