• देबु बानियाँ
    बाहुनडाँगी,२८ पुस । दाङ महिला जेसीजको वर्ष २०१९का लागि निर्वाचित कार्यसमितिलाई पदहस्तान्तरण गरिएको हो ।
    दाङ महिला जेसीजका अध्यक्ष डोमा पाण्डेयको अध्यक्षता तथा प्रदेशसभा सदस्य अमरबहादुर डाँगीको प्रमुख आतिथ्यता एव नेपाल जेसीजका कार्यकारीणि उपाध्यक्ष रमेशचन्द्र भुषाल र जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख बेलबहादुर पाण्डेयको विशिष्ट आतिथ्यतामा पदहस्तान्तरण कार्यक्रम गरिएको हो ।
    कार्यक्रममा सन २०१८ का अध्यक्ष पाण्डेयले सन २०१९ का लागि निर्वाचित अध्यक्ष रेखा शर्मालाई पदहस्तान्तरण गर्नु भएको थियो । नवनिर्वाचित अध्यक्ष शर्माले पदभार ग्रहण गर्दै आफनो कार्यकालमा जेसीजको आस्था र पाठलाई आत्मसाथ गर्दै महिलाहरुको क्षमता,नेतृत्व र व्यक्तित्व विकासका लागि काम गर्ने बताउनु भयो ।
    दाङ महिला जेसीजमा सन २०१९का कार्यकारी उपाध्यक्षमा द्धय जीवा भुषाल र ममता विष्ट,उपाध्यक्षमा जुन कुमारी बुढा, बसन्ती सुवेदी, सुनिता थापा, सुनिता अधिकारी र सह–सचिवमा सिन्धु रिजाल निर्वा्चित भएकी छिन । त्यस्तै नवनिर्वा्चित अध्यक्षले महिला जेसीजको महासचिवमा अनिता ढकाल, कोषाध्यक्षमा नमा शर्मा, कानुनी सल्लाहकारमा शारदा घर्ति,शाखा सम्पादकमा मंगला राना, तालिम संयोजकमा नारायणी भण्डारी,जनसम्पर्क अधिकारीमा पुजा योगीलगायतलाई मनोनित गरेकी छिन ।
    त्यस अवसरमा बोल्दै प्रमुख अतिथि डागीले जेसीजले महिलाहरुलाई क्षमता तथा व्यतित्व विकासमा महत्वपुर्ण भुमिका खेलेको बताएका थिए । महिलाहरुलाई संगठित गर्दै जेसीजका माध्यमवाट रचनात्मक कार्यमा लाग्न समेत सुझाव दिएका थिए ।
    कार्यक्रममा पूर्व अध्यक्षहरु सञ्चीता गौतम, निरजा पोख्रेल, सुशिला पौडेल, घोराही उपमहानगरपालिका वडा नं. १४ का वडा सदस्य गुलाम रसुल, वडा नं. १५ का वडा सदस्य कृष्णा राना, नेपाल महिला संघ क्षेत्र नं. ३ की क्षेत्रीय अध्यक्ष जानुका केसी, दाङ उद्योग बाणिज्य संघका सदस्य मिनराज भाट, त्रिभुवन नगर जेसीजका कार्यवाहक अध्यक्ष बुद्धिप्रकाश शर्मा, सल्यान जेसीजका अध्यक्ष राजेन्द्रकुमार थापा,लमही जेसीजका अध्यक्ष खेमराज घिमिरे, सिसा नेपालकी अध्यक्ष साजिद्धा सिद्धिकी, दलित महिला सिप विकास केन्द्रकी अध्यक्ष राधिका परियारलगायले सुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
    कार्यकारी उपाध्यक्ष शारदा घर्तिको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रममाको सहजीकरण महासचिव ममता विष्टले गर्नु भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…