• झापा । नेपाल मगर बिद्यार्थी संघ कोशी अञ्चल कार्य समितीको दोस्रो अञ्चल अधिवेशन शनिवार सम्पन्न भएको छ ।
    मोरङको लेटाड नगरपालिकामा सुनसरी मोरङ धनकुटा र संखुवासभा जिल्लाका मगर विद्यार्थी सहभागि भएको सम्मेलनले अध्यक्षमा विनोद आले (सुनसरी) लाई चयन गरेको छ । उपाध्यक्ष गणेश आले मगर ( संखुवासभा), सचिव राजु बुर्जा मगर (मोरडं), सह सचिव विनोद मगर ( धनकुटा), कोषाध्यक्ष टिका लामिछाने मगर (मोरडं), सचिवालय सदस्य १ भोजपूर र १ तेह्रथुम र अन्यसदस्यहरू सविन मगर (संखुवासभा), बुध्दशिला मगर (सुनसरी), हेमा सारू मगर (धनकुटा), अविलास थापा मगर (मोरडं), चयन भएका छन् ।
    युनेश राना मगरको अध्यक्षता तथा नेपाल मगर विद्यार्थी संघका केन्द्रीय बरिष्ठ उपाध्यष विष्णु थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा केन्द्रीय भाषिक उपाध्यक्ष मनिष सूर्य मगर, नेपाल मगर संघ मोरङ जिल्ला अध्यक्ष शम्भु राना मगर, सचिव टिका पठाकोटे मगर, नेपाल मगर बौद्ध संघ गुम्बाका सचिव चित्र मगर, सदस्य सूर्य मगर, रत्न रानामगरलगायतले पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिएका थिए कार्यक्रमको सञ्चालन अञ्चल सचिव राजु बुर्जाले गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…