• बाहुनडाँगी । धनगढी महिला जेसीजको अध्यक्षम पुनम चटौत निर्वाचित भएकी छिन् । शनिवार शाखाको ५ औँ शाखा अधिवेशन तथा पदस्थापन कार्यक्रमबाट चटौतलाई अध्यक्षमा सर्वसम्वत चयन गरिएको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा पवित्रा पाण्डे, रिता अवस्थी, उपाध्यक्षहरुमा जमुना पाण्डे, बसन्ती बोहोरा, सरस्वती खड्का र निर्मला श्रेष्ठ निर्वाचित भएको शाखा अध्यक्ष दिप्ती शाहले बताइन् । यसैगरी, नव निर्वाचित अध्यक्षले महासचिवमा धर्मा भण्डारी, कोषाध्यक्ष पुनम अवस्थी, कानुनी शाही चन्द गरेकी छिन् । नव निर्वाचित अध्यक्षलाई वर्ष २०१८ की अध्यक्ष दिप्ती शाहीले आफ्नो गलाम ाभएको चेन हस्तान्तरण गर्दै सपथ ग्रहण गराएकी थिइन् । नव निर्वाचित अध्यक्ष चनौटले सबै पदाधिकारीलाई सपथ ग्रहण गराएकी थिइन् ।
    शाखा अध्यक्ष शाहीको सभापतित्व तथा प्रदेश नम्बर ७ का प्रदेश प्रमुख मोहनराज मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा धनगढी उप महानगरपालिकाकी उपमेयर शुसिला मिश्र भट्ट, महिला अकिारकर्मी जानकी तुलाधर, वक्रम सिंह, कोषाध्यक्ष हेमराज ओझा, वर्ष २०१९ का राष्ट्रिय उपाध्यक्ष दिनेश बोहोरा, नेपाल जेसीजका वर्ष २०१८ कार्यकारीणी उपाध्यक्ष पदममिातृ शाखा धनगढी जेसीज अध्यक्ष नरेन्द्र अवस्थी, धनगढी जेसीज पूर्व अध्यक्ष, धनगढी महिला जेसीजका संस्थापक अध्यक्ष संगीता खड्का, पूर्वहरु अध्यक्ष अम्बिका पनेरु, सुनिता राना र निर्वतमान अध्यक्ष निर्मला भट्टलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन महासचिव लक्ष्मी शाही चन्दले गरेकी थिइन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…