• बाहुनडाँगी। जनकपुर जेसीजको अध्यक्षमा तुलसी पञ्जियारबाहुनडाँगी । जनकपुर जेसीजको वर्ष २०१९ का लागि अध्यक्षमा तुलसी पञ्जियार निर्वाचित भएका छन् । शाखाको शनिवार सम्पन्न ३६ औँ अधिवेशनले पञ्जियारलाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो । वर्ष २०१८ का सफल महासचिव पञ्जियार सरल सालिन र स्पष्ट वक्ताका रुपमा परिचित छन् । जनकपुरमा सम्पन्न नेपाल जेसीजको ४५ औँ राष्ट्रिय महाधिवेशन सफल पार्नका लागि पञ्जियारले खेलेको भूमिका धेरैका लागि प्रशंसनिय बनेका छ । सबैसँग हाँसेर मात्र बोल्ने स्वभाव भएका पञ्जियार युवा व्यवसायी हुन् ।
    शाखाको कार्यकारीणी उपाध्यक्षमा गौतम कुमार शाह, राजकुमार शाह, विक्रमकुमार शाह, उपाध्यक्षहरुमा कन्हया हिसरीया, सुमित शाह, प्रविन कर्ण, चन्दन भगत नागवंशी र उदय कुमार शाह रहेका छन् । यसैगरी नव निर्वाचित अध्यक्ष पञ्जियारले महासचिवमा अशोक शाह, कानुनी सल्लाहकारमा अभिषेक चौधरी र कोषाध्यक्षमा मनोजकुमार शाहलाई मनोनित गरेका छन् ।
    शाखाका अध्यक्ष जितेन्द्र महासेठको सभापतित्वमा सम्पन्न कार्यक्रममा महाधिवेशन डाइरेक्टर सन्तोषकुमार शाह, निवर्तमान अध्यक्ष सुदिप कोइराला, पूर्व अध्यक्षहरु सुधिर पञ्जियार, नासिर अहमद, शंकरप्रसाद शाह, अजयकुमार प्रसाद, विजय शाह, मनिष रमन शाह, निर्मलकुमार चौधरी, सन्तोषकुमार गुप्ता, लक्ष्मीनारायण शाह, रबि शाह, प्रमोदकुमार चौधरी, प्रदिपकुमार चौधरी, दिलिप जलानलगायतको सहभागिता रहेको थियो । सम्भवत शाखाको अधिवेशनमा यति धेृरै पूर्व अध्यक्षहरुको सहभागिता अधिवेशन सम्पन्न भएको शाखा समेत जनकपुर हो । जनकपुर शाखाले ४५ औँ रािष्ट्रय महाधिवेशन उत्कृष्ट रुपमा सम्पन्न गरेर नेपाल जेसीजलाई एउटा इतिहास बनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…