• दमक,२९ पुस । झापाको दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक प्यानल अधिकांस स्थानमा विजयी भएको छ । उसले बहुमत ल्याउने पक्कापक्की देखिएको छ ।
    नेकपा र राप्रपाको संयुक्त गठबन्धनका उम्मेद्वारलाई हराउँदै कांग्रेस नेतृत्वको संघीय समाजवादी फोरम,नयाँ शक्ति पार्टी र संघीय लिम्बुवान मञ्चको लोकतान्त्रिक गठबन्धनले अधिकांस स्थानहरुमा जित हासिल गरेको छ ।

     

    ६ वटा क्षेत्रका लागि भएको मतदानबाट कांग्रेससहितको प्यानलले १,२ ,३ र ६ गरि ४ वटा स्थानमा सानदार विजयी हासिल गरेको छ भने कम्यूनिष्ठ गठबन्धनको प्यानलले ४ र ५ गरि २ वटा क्षेत्रमा जित हासिल गरेको छ ।
    १ क्षेत्रबाट घनेन्द्र राज योङ्गयाले ४१९ मत ल्याएर जित हासिल गरे भने उनका प्रतिद्धन्दी कृष्णकुमार भण्डारीले ३४५ मत प्राप्त गरे । पराजित भण्डारी संस्थाका तीन कार्यकाल सदस्य रहेर काम गरिआएका हुन् ।

    त्यस्तै ,क्षेत्र नम्बर २ बाट सोहि प्यानलका धनबहादुर भट्टराईले महिला नेतृलाई हराउदै पुनः सदस्ययमा निर्वाचित भएका छन् । उसले प्रतिद्धन्दी लिलादेवी दाहाललाई १८४ मतको अन्तरले जित हासिल गरेका हुन् । विजयी भएका भट्टराईले ४७० मत ल्याए भने दाहालले २८६ मत प्राप्त गरेकी छिन् ।
    त्यसैगरि कांग्रेसका रोशन कुमार गौतमले नेकपाका गणेश बहादुर बस्नेतलाई ४ मतले हराउँदै जित हासिल गरे। संस्थाका वर्तमान सचिव समेत रहेका गौतमले २०४ मत ल्याएर निर्माण व्यवसायी संघ झापाका पूर्व अध्यक्ष समेत रहेका बस्नेतलाई हराएका हुन् । बस्नेतले २ सय मत प्राप्त गरेका थिए । यसैगरि क्षेत्र नम्बर ४ मा कम्यूनिष्ट गठबन्धनबाट उम्मेदवार वनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश संयोजक समेत रहेका राम कुमार थापा विजयी भए । थापाले २५० मत ल्याएर विजयी भए भने उनका प्रतिद्धन्दी लोकतान्त्रिक प्यानलबाट महेन्द्र कुमार लिम्बुले १५० मत प्राप्त गरेका थिए ।
    त्यस्तै,क्षेत्र नम्बर ४ बाट कम्यूनिष्ट गठबन्धनका ३३२ मत हरि न्यौपानेले ३३२ मत ल्याएर लोकतान्त्रिक प्यानलका धिरेन लाओतीलाई पराजित गरेका थिए । लाओतीले २८१ मत प्राप्त गरेका थिए ।

    यसैगरि क्षेत्र नम्बर ६ बाट लोकतान्त्रिक प्यानलका हरी सुवेदीले सवैभन्दा धेरै मतान्तर गरि पुनः सदस्यमा जित हासिल गरेका छन् । विजयी सुवेदीले ३४५ मत ल्याएरका थिए भने उनका प्रतिद्धन्दी नेत्र पराजुलीले ११४ मत प्राप्त गरेका थिए ।
    कुल ९ सदस्य पदका लागि शनिवार भएको निर्वाचनमा कांग्रेसहित संघीय समाजवादी फोरम, नयाँ शक्ति पार्टी, संघीय लिम्बुवान मञ्चको लोकतान्त्रिक प्यानल र नेकपा,राप्रपाहितको प्यानल चुनावी मैदानमा थिए ।

    निर्वाचन समितिका संयोजक मोहन भण्डारीका अनुसार ६ क्षेत्रगत सदस्य र तीन खुल्ला महिला सदस्य पदका लागि मतदान भएको थियो । कुल ४ हजार ५ सय ५९ मतदाता रहेको निर्वाचनमा भने ३ हजार ६ सय ७८ जनाले मतदानमा भाग लिएका संयोजक भण्डारीले जानकारी दिए । शनिवार विहान ८ वजेदेखि शुरु भएको मतदान ५ वजेसम्म चलेको थियो । मतपेटिका दलीय सहमति बनाएर आइतबार बिहान ९ वजेदेखि गणना शुरु गरेका थिए ।
    महिला सदस्यको गणना जारी
    निर्वाचन समितिका अनुसार महिला सदस्यका लागि गणना जारी रहेको छ । दिउँसो २.३० वजे सार्वजनिक गरेको १८५० मतगणना अनुसार नेकपा प्यानलकी कृष्णमाया थापा (८३५ ) , तारा चेम्जोङ्ग शाही (७९३ ) र सुमित्रा भण्डारी (९५९ ) मत प्राप्त गरेकी छिन् भने लोकतान्त्रिक प्यानलकी बिष्णु माया भट्टराई ( थापा) ( ८२६ ) ,मिना कुमारी कोईराला (९७५ ) र पञ्चमाया लिम्बू ( ७२६ ) मत प्राप्त गरेकी छिन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…