• देबु बानियाँ
    धुलाबारी, २९ पुस । मेची उद्योग वाणिज्य संघ धुलाबारीको अध्यक्षमा सयुक्त व्यवसायी प्यानलका ऋषी तिम्सिना निर्वाचित भएका छन् । आइतवार सम्पन्न मतगणना अनुसार लोकतान्त्रिक प्यालनका पुनिकुमार वंशललाई ६ मतको झिनो अन्तरले पराजित गर्दै आगामी ३ वर्षका लागि तिम्सिना अध्यक्षमा निर्वाचित भएका हुन । यो जितसँगै वाणिज्य संघमा २१ वर्षदेखिको कांग्रेस विरासतलाई नेकपाले तोडेको छ । यस अघि संघमा निरन्तर कांग्रेसले नेतृत्व गर्दै आएको थियो । अत्यन्तै प्रतिस्पर्धा भएको अध्यक्ष पदका लागि तिम्सिनाले ५ सय ८२ मत प्राप्त गरेका थिए भने अर्का अधयक्षका उम्मेदवार उनका प्रत्यासी वंशलले ५ सय ७६ मत प्राप्त गरेका निर्वाचन समितिका संयोजक अशोककुमार पोखरेलले बताए । मतगणनाको सुरुदेखि नै केही झिनो मतले भए पनि निरन्तर तिम्सिना भन्दा वंशल अघि थिए । तर अन्तिम गणनामा तिम्सिना भन्दा वंशल पछि परे ।
    संघको निर्वाचनमा लोकतान्त्रिक गठबन्धनको बहुमत आएको छ । सयुक्त प्यालनको अध्यक्ष र दुई सदस्य बाहेक अन्य सबै पदमा लोकतान्त्रिक प्यानलले जितेको छ ।
    मतगणनाको सार्वजनिक मत परिणाम अनुसार संघको बरिष्ठ उपाध्यक्षमा माहेन निरौला विजय भएका छन् । निरौला आफ्ना प्रत्यासी तेजप्रसाद प्रसाई (तेजु) लाई ११ मतको झिनो हराएका थिए । निरौलाले ५ सय ७० मत प्राप्त गरे भने प्रसाईले ५ सय ५९ मत ल्याएका थिए ।
    उद्योग उपाध्यक्षमा किशोरकुमार क्षेत्री (कपिल) निर्वाचित भए । प्रत्यासी लक्षेन्द्रप्रसाद यादवलाई ३ सय १६ को फराकिलो मत अन्तरले हराउँदै निर्वाचित भए । क्षेत्रीले ७ सय १८ मत ल्याए भनेले ४ सय २ मत प्राप्त गरे । वाणिज्य उपाध्यक्षमा कल्याण खड्का निर्वाचित भए । उनले प्रत्यासी गोपालप्रसाद गुप्तालाई १ सय ८३ मतको फराकिलो अन्तरले पछि पारे । खड्काले ६ सय ३९ मत ल्याएका थिए भने गुप्ताले ४ सय ५७ मत पाए ।
    महिला उपाध्यक्षमा विना तामाङ निर्वाचित भइन् । तामाङले प्रत्यासी मिरा कार्कीलाई १ सय ३० मतले पछि पारिन् । तामाङले ६ सय २० मत पाइन् भने कार्कीले ४सय ९० मत पाइन् ।
    महासचिवमा धुब्र कनाल विजयी भए । कनालले आफ्ना प्रत्यासी भूपाल ओलीलाई २ सय ४९ को फराकिलो मतअन्तरले पछि पारे । कनालले ६ सय ६९ मत पाए भने ओलीले ४ सय ३३ मत पाएका निर्वाचन समितिका सदस्य कविन्द्र विक्रम नेम्बाङले बताए ।

    महिला सदस्यमा झुनादेवी बानियाँ (६११) र अञ्जु थापा (४८९) निर्वाचित भएका छन् । बानियाँ लोकतान्त्रिक प्यानलकी हुन् भने थापा सयुक्त प्यानलकी हुन् । महिला सदस्यमा पराजित हुनेमा सयुक्त प्यानलकी बबिता पौडेल (४३२) र शारदाकुमारी पराजुली (४८४) रहेका छन् । सयुक्तबाट निर्वाचित थापा लोकतान्त्रिककी पराजुली भन्दा ५ मतले मात्र अघि भएर निर्वाचित भएकी निर्वाचन समितिका सदस्य उमेश थापाले बताए ।
    खुला सदस्यतर्फ भूमि पौडेल (७०८), ललितकुमार बोहोरा (६००), विपेन्द्र लामा (बेबी) (५८१), राजुकुमार पोद्दार (५६७), सन्दिप ओली (५५३), उमानाथ सुवेदी (उमेश) (५५१), दिपेन्द्रराज पाण्डे (५३४) र रविचन्द्र नेपाल (रबि) (५१६) निर्वाचित भए । निर्वाचित भएका खुल्ला सदस्यका पाण्डे एक मात्र सयुक्त प्यानलका हुन भने अन्य सबै लोकतान्त्रि प्यालनका हुन् ।
    यसैगरी पराजित हुने खुल्ला सदस्यहरुमा लोकतान्त्रिकका हुमनाथ वराल (५०६), बीरबहादुर गजविर (३९९), झलककुमार पौडेल(४०७), कुलप्रसाद तिवारी (४०९), लिलानाथ आङदेम्बे (३७०), मानबहादुर गिरी (धुब्र) (३७१), श्रीप्रसाद सिटौला (४०६) र ललित अग्रवाल (४५४) रहेका छन् ।
    कुल १ हजार ३ सय ७५ मतदाता रहेको संघमा शनिवार भएको निर्वाचनमा १ हजार २ सय १४ मत खसेको थियो । जसमा पदाधिकारीतर्फ २२ मत बदर भएको थियो भने सदस्यतर्फ ३९ मत बदर भएको निर्वाचन समितिका सदस्य पदम डाँगीले बताए ।

    निर्वाचनमा नेपाली काँग्रेस र राप्रापाको लोकतान्त्रिक प्यानल तथा नेकपा, संघीय समाजवादी फोरम, लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान नेपाल र राप्रपा प्रजातान्त्रिकको गठबन्धन संयुक्त व्यवसायी प्यानल चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । जसमा संयुक्त व्यवसायी र लोकतान्त्रिक प्यानलबाट ३२ जनाको उम्मेद्वारी परेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…