• देबु बानियाँ

    धुलावारी, २९ पुस । मेची उद्योग वाणिज्य संघका नव निर्वाचित अध्यक्ष ऋषीराज तिम्सिनाले सधैँ व्यवसायीहरुको हितमा काम गर्ने बताएका छन् । आइतवार सम्पन्न निर्वाचनबाट ३ वर्षका लागि संघको बागडोर सम्हाल्ने जिम्मेवारी पाएका तिम्सिनाले निर्वाचनका समयमा पार्टीगत रुपमा उम्मेदवारी भए पनि राजनीतिक रङलाई संघको ढोकाबाहिर खोलेर सबै व्यवसायीहरुको हित हुने काम गर्ने बताए ।
    ‘व्यवसायमा कुनै राजनीतिक रङ हुँदैन’ निर्वाचित भए पछि हामीसँग संक्षिप्त कुराकानी गर्दै तिम्सिनाले भने–‘निर्वाचन एउटा प्रक्रिया मात्र हो । निर्वाचित भइसकेर यहाँ भित्र गइसकेपछि व्यवसायिक विकासका लागि मात्र काम गर्छु ।’
    तिम्सिनाले मतदाताले दिएको मतको कदर गर्दै आफुसँग पराजित भएका पुनितकुमार वंशललाई समेत सँगै लिएर व्यवसाहिक क्षेत्रमा काम गर्ने बताए । ‘उहाँ पनि व्यवसायमा अनुभवी व्यक्ति हो’ उनले भने–‘मत परिणामले अघि पछि भए पनि मेचीनगरको व्यवसायीक विकासका लागि सँगै काम गछौँ ।’ तिम्सिनाले सबै टिमसँग सहकार्य गरेर आफुले घोषणपत्रमा जारी गरेका प्रतिबद्धताहरुलाई पालना गरेर ३ वर्षमा परिवर्तन भएको महसुस गराउने बताए ।

    को हुन तिम्सिना
    बुबा तुलाराम तिम्सिना र आमा गीतादेवी तिम्सिनाका एक्लो छोरा ऋषीराज तिम्सिना पर्यटन व्यवसायी हुन् । मेचीनगर १० धुलावारी निवासी उनी विगत १५ वर्षदेखि धुलावारी मोडमा सृजन ट्राभल्स सञ्चालन गर्दै आएका छन् । यस अघि संघको महासचिव पदमा रहेर काम गरेका उनी मेचीनगरका विभिन्न सामाजिक संघ संस्थाको कुशल नेतृत्व गरिसकेका छन् । धुलावारी जेसीजको पूर्व अध्यक्ष, नेपाल ट्राभल्स एण्ड टुर एशोसियन ९नाटा० को प्रदेश नम्बर १ को कोषाध्यक्ष, धुलावारी माविको विद्यालय व्यवस्थापन समितिको सदस्य तथा धुलावारी क्याम्पस सञ्चालन समिति सदस्य छन् ।
    स्पष्ट र कुशल वक्ता, शालिन व्यक्तित्व तथा सबैसँग मिल्न सक्ने क्षमता भएका तिम्सिना पार्टीभित्र स्वच्छ छवि भएका व्यक्तिका रुपमा पर्छन । निर्वाचनका लागि नेकपाबाट निविवाद उनको एकल नाम पर्नुले पनि यसको पुष्टि गर्छ । उनका २ छोरा र श्रीमती खिलु तिम्सिना रहेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…