• काठमाडौं – नेपाली कांग्रेसका सांसद एवम् केन्द्रीय सदस्य डा.मीनेन्द्र रिजालले कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीले संसद र जनतालाई झुठो तथ्याङ्क दिएर गुमराहमा राखेको आरोप लगाएका छन् ।

    आइतबार बसेको संसदको बैठकमा विशेष समय लिएर बोल्दै नेपाली कांग्रेसका सांसद डा.रिजालले १८ करोड गाडी र डेढ करोडको हेलिकप्टर चढाएर संस्था र गणतन्त्र बलियो नहुने बताए ।
    ‘प्रधानमन्त्री ओलीज्यू १८ करोडको गाडी र डेढ करोडको हेलिकप्टर चडाएर कुनै पनि संस्था बलिया हुँदैनन् । गणतन्त्र पनि बलियो हुन सक्दैन’, उनले भने, ‘जनता र राष्ट्र सुहाउँदो हुनुपर्छ । जनताले नयाँ दरबार बनाउन चाहँदैनन ।’

    पत्रकारको समाचार लेख्ने स्वतन्त्रमाथि आक्रमण गरेर लोकतन्त्रलाई फाइदा नहुने उनले बताए । ‘संसद छलेर अध्यादेश ल्याउने । डा.गोविन्द केसीलाई अनशन बस्न लगाएर लोकतन्त्र बलियो हुँदैन’, उनले भने, ‘प्रदेशलाई अन्तरप्रेश सम्बन्ध बनाएर समस्या समाधान नहुँदासम्म संघीयता बलियो हुँदैन । संघीयता बनाउन व्यवहारमा समस्याहरू समाधान गर्नुपर्छ ।’

    प्रधानमन्त्री ओलीले अर्थमन्त्रालयबाट आएको गलत तथ्याङलाई संसदमा सम्बोधनका बेला जानकारी गराएको कांग्रेसका सांसद डा.रिजालले आरोप लगाए ।

    ‘अहिले देशमा आयात ३६ प्रतिशतले बढेको छ । बिप्प्रेषण बढेको छ । विदेशी विनियमय घटेको छ । मुद्रस्फिती बढेको छ । नेप्से ३ सय प्रतिशतले घटेको छ’, उनले भने, ‘प्रधानमन्त्रीजीले आफ्नो जिल्लामा बनाउन लगाएको झापाको भ्युटावरमा चढेर हेरे पनि निर्मला दोषी नभेटिएको प्रष्ट देखिनेछ ।’ कांग्रेसका सांसद डा.रिजालले झापामा भ्युटावर अनावश्यक रुपमा बनाएर राज्यको पैसा खर्च गरेको भन्दै आपत्ति जनाएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…