• रातोकलम सहकर्मी,
    अनिस तामाङ
    युएई,जनुवरी-१४

    तामाङहरुको सामाजिक संस्था तामाङ समाज युएईले यहीँ आउदो फेब्रअरी ८ तारिख शुक्रबारको दिन तामाङहरुको सांस्कृतिक पक्षहरुको जगेर्ना गर्ने उदेश्यले " तामाङ समाज युएईको शान, तामाङ सांस्कृतिक तामाङ पहिचान" भन्ने मुल नाराको साथ सोनाम ल्होछार २८५५ फाग ल्होको उपलक्ष्यमा सेलो विशेष ल्होछार साँझ-२०१९ गर्ने भएको छ ।

    एकात्मकबादी राज्य सत्ताबाट सधैं पछाडि छाँयामा पारिएका तामाङहरुको आफ्नो सामाजिक, सांस्कृतिक एवं धार्मिक पक्षहरुलाई संरक्षण र प्रबर्द्धन गर्ने उदेश्यले सन् २००५ सालमा छत्र लामाको अध्यक्षतामा स्थापना भएको तामाङ समाज युएईले स्थापनाकाल देखि नै विभिन्न तबरले आफ्नो समुदायको लागि ठुलो योगदान दिदै आइरहेका छन ।

    तामाङहरुको राष्ट्रिय पर्व सोनाम ल्होछार जस्ता चाडहरुमा सांस्कृतिक कार्यक्रम गर्ने, शिक्षाको कारणले पछाडि परेका समुदायलाई माथि उठाउने उदेश्यले प्रत्येक वर्ष शिक्षाको लागि सहयोगार्थ एस.एम.एस धमाका(सपोर्ट माइ स्कुल) च्यारिटि शो मार्फत उठेका रकम तामाङ बहुलियता भएको दुर्गम गाउँ बस्तीका विद्यालयहरुमा आर्थिक सहयोग गर्ने जस्ता विभिन्न सामाजिक कामहरु गर्दै आएका छन ।

    गत वर्षको एसएमएस धमाका-२०१८ कार्यक्रममा उठेको रकम नुवाकोट जिल्ला मेघाङ-४ स्थित श्री भुमेदेवी माविलाई शैक्षिक सहयोग गरेका छन भने मृगौला पीडित अमीत तामाङलाई उपचारका लागि आर्थिक सहयोग गरेको तामाङ समाज युएईका अध्यक्ष महेश मोक्तानले जानकारी दिएका छन् ।

    त्यस्तै तामाङहरुको मौलिक धर्म संस्कृति नै समुदायको पहिचान भएकाले तामाङ समाज युएईले प्रत्येक वर्ष ल्होछार कार्यक्रम आयोजना गरि रोजगारीको शिलशिलामा सात समुन्द्र पारी युएईमा रहेका मेची देखि महाकाली सम्मका तामाङ समुदाय र ल्होछार प्रेमीहरुलाई आफ्नो संस्कृतिको झ-झल्को दिदै आइरहेका छन ।

    मध्यपुर्वको विकसित राष्ट्र युएईको विकसित शहर दुबई स्थित कार्ल्टन टावरमा दिउँसो ठिक ०२:०० बजे सुरु हुने उक्त कार्यक्रमका लागि नेपाल देखि नेपाल तामाङ कलाकार संघका अध्यक्ष एवं चर्चित सेलो गायक सन्जिव वाइबा अतिथि कलाकारको रुपमा उक्त कार्यक्रममा सहभागी रहनेछ भने साथमा प्रवासी कलाकारहरुको समेत जोडदार प्रस्तुति रहने कार्यक्रम संयोजक भिम दोङ तामाङले जानकारी दिएका छन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…