• उर्लाबारी । सवारी दुर्घटनामा परि उपचाररत मोरङ मिक्लाजुङ ४ टाँडी निवासी शितल राईको उपचारमा आर्थिक समस्या भएको खबर आएसँगै आर्थिक सहयोग जुट्न थालेको छ ।
    मोटरसाईकल जुद्धा घाईते भएको राईको होस अझै आएको छैन् ।
    उनको उपचारमा मिक्लाजुङ ३ का वडा अध्यक्ष तथा समाजसेवी खगेन्द्र मादेन र समाजसेवी विशाल राईको अगुवाईमा संकलन भएको ३२ हजार १ सय रुपैंया हस्तान्तरण भएको छ । उहाँहरुले शितलको श्रीमती श्रीकुमारीलाई हस्तान्तरण गरेको टाँडी युवा क्लवका अध्यक्ष महेन्द्र थेगिमले बताए ।
    यस्तै कतारमा रहेका सन्दिप तामाङको अगुवाई आफु र साथीभाईबाट संकलन गरिएको नगद ७० हजार ८ सय ९५ रुपैंया पनि पिडीत परिवारलाई हस्तान्तरण गरिएको महेन्द्र थेगीम बताउछन् ।
    राईको हप्ता दिन बढि भईसक्यो अझै होस आएको छैन,आईसियुमा उपचार भईरहेकोछ, टाँडी युवा क्लवका अध्यक्ष महेन्द्र थेगिमले भने, भएभरको जयेजेथा सकियो, अब उपचार गर्ने पैसा छैन् । सकेको सहयोग गरिदिनुहोला ।
    थेमिगमा अनुसार राईसँग ठक्कर दिने मोटरसाईकल चालकले उपचारमा हेलचेक्राई छन् । उनले हेलचेक्राई गरे भन्दैमा उपचार रोक्नु त भएन नि , थेगिम भन्छन्,उपचार पछि कानुनी पाटोमा लाग्ने कुरा छदैछ ।
    राईको श्रीमती श्रीकुमारी राईले श्रीमानको ज्यान बचाउन सहयोगको अपिल गरेकी छिन् । भर्खरै विदेशबाट आएका श्रीमान दुर्घटनामा परेपछि चिन्ता बढेको उनले बताईन् । स्थानीय युवा मानविर तामाङले सहयोगको लागि घरदैंलो अभियान थालिएको बताए । तर हस्पिटलमा दैनिक दुईलाख भन्दा बढि बिल आएपछि उपचार गर्न समस्या भएको छ । उनले सबैसँग सहयोगको याचाना गरेका छन् ।
    सहयोगको लागि महेन्द्र थेगिमलाई ९८१५३९३६५३ र मानविरलाई ९८५२०८२९२९ मा जानकारी लिदैं सहयोग गर्न सक्नुहुनेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…