• विराटनगर,  नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री नवीन्द्रराज जोशीले काङ्ग्रेसले नै मुलुकको नयाँ भविष्य कोर्ने बताउनुभएको छ ।

    नेपाल प्रेस युनियन मोरङले आज विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता जोशीले इतिहास बोकेको काङ्ग्रेसले नेपाली जनताको सुनिश्चित भविष्य निर्माण गर्ने सोचले काम गरिरहेको बताउनुभयो । नेता जोशीले नयाँ सङ्घीय संरचनानुसार काङ्ग्रेसले आफूभित्रका कमजोरीलाई सच्याएर नवीनतम् ढङ्गले अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले महासमिति बैठकबाट पारित भएका र विधानले तय गरेका निर्णयलाई अक्षरश पालना गर्दै काङ्ग्रेसले अबको यात्रामा अघि बढ्नेछ भन्नुभयो ।

    निर्मला पन्त हत्या एवम् बलात्कारबारे सत्यतथ्यबाहिर ल्याउन नसक्नु दुःखद भएको टिप्पणी गर्दै जोशीले सरकारका गतिविधि जनताको हित विपरीत देखिएको आरोप लगाउनुभयो । वाइड बडी विमान खरीदमा देखिएको अनियमितामा जोसुकै भए पनि कार्वाही हुनुपर्ने तर पूर्वाग्रही ढङ्गले कामकारवाही भएमा त्यो मान्य नहुने जोशीको भनाइ थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…