• धनगढी, पुस ३०

    नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वाइडबडी जहाज खरिदमा भएको अनियमिततामा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन्।

    पुष्पकमल दाहाल प्रधानमन्त्री रहँदा जहाज किन्न बोलपत्र आह्वान भएको र केपी ओली प्रधानमन्त्री हुँदा जहाज खरिद भएकोले आफ्नो कुनै संलग्नता नरहेको उनको तर्क छ।
    सोमबार सुदूर पश्चिमको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले दाहाल प्रधानमन्त्री हुँदा २०७४ वैशाख ७ गते जहाज खरिदमा सरकार जमानी बस्ने निर्णय भएको बताए।

    ‘म प्रधानमन्त्री हुँदा १९ मन्त्रालय मेरो जिम्मेवारीमा थिए। भर्खरै प्रधानमन्त्री भएको बेला थियो, कुन मन्त्रालयमा के भयो मलाई जानकारी छैन,’ देउवाले भने, ‘मैले मन्त्रीस्तरीय निर्णय पनि गरेको छैन। मेरो अधिकार पनि होइन। मेरो जानकारीबिना केही भयो होला मलाई थाहा छैन।’

    जहाज खरिदमा आफ्नो नाम जोडेर अन्यापूर्ण काम गरिएको उनले बताए।

    ‘त्यसै नाम जोड्ने कुरा भएन नि, यो अन्यायपूर्ण हो,’ देउवाले भने, ‘प्रचण्डजी प्रधानमन्त्री छँदा नै सरकार जमानी बस्ने निर्णय गरेको छ। मैले कुनै निर्णय गरेको थिइनँ। अनि मलाई किन दोष?’

    फरक प्रसंगमा देउवाले सरकारले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई पक्राउ गर्न नसकेको बताए।

    सरकारका कामकारबाही हेर्न छाया सरकार छिट्टै गठन गर्ने उनको भनाइ छ।

    इलाममा अनशनरत डाक्टर गोविन्द केसीले उठाएका माग पूरा गर्न उनले सरकारलाई आग्रह गरे।

    ‘केसीसँग वार्ता गरेरै हामीले ऐन ल्याएको थियो। त्यो लागू हुनुर्छ। विद्यार्थी विदेश जानु नपरोस्, नेपालमा चिकित्सा शिक्षा राम्रो होस भनेर ऐन नै पास गरेको सरकारले फेरि परिवर्तन गरिदियो,’ उनले भने।

    अर्को समाचार

    add
सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…